ट्रयाक्टर दुर्घटना हुँदा गुल्मीमा चार जना घाइते: दुई जनाको अवस्था गम्भीर !

Leaderboard Banner
प्रतिकारात्मक तस्विर

काठमाडौँ । गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा  चार जना घिते भएका छन्। जसमा दुई जनाको अवस्था गम्भीर रहेको छ।

सोमबार जिल्लाको मालिका गाउँपालिकाको धनार्जे भन्ने स्थानबाट इट्टा बोकेर अर्खाबाङतर्फ जाँदै गरेको लु ३ च ३९६६ नम्बरको ट्रयाक्टर विपरित दिशाबाट आइरहेको जिपलाई साइड दिने क्रममा ब्याक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। दुर्घटनामा परेको ट्रयाक्टर सडकबाट करिव २ सय मिटर तल खसेको छ।

 दुर्घटना परी घीते हुनेहरुमा चालक बिष्णु लम्साल,  मालिका गाउँपालिकाको घमिरका पशुपति लम्साल, सोहि स्थानकै सिता नेपाली, त्यस्तै सोही गाउँपालिकाकै मुना लम्साल रहेका छन्।

घाइतेमध्ये पशुपति लम्साल र सीता नेपालीको अवस्था गम्भीर रहेको छ  । ट्रयाक्टर चालक विष्णु लम्साल र मुना लम्सालको अवस्था भने सामान्य छ ।

प्रकाशित : सोमबार, असार ११, २०७५१६:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ब्याण्डका मास्टर भिखारी रामको शव बाटोको गल्लीमा फेला !