कुकुरलाई दिसा गराउने कुरामा विवाद हुँदा एक व्यक्तिले दाँतले टोकेर महिलाको हातको औला छिनाईदिए

Leaderboard Banner

काठमाडौँ । तपाईले कुकुरले मान्छेलाई टोकेको त सुन्न भएकै होला तर मान्छेले मान्छेलाई नै टोकेको त्यो पनि हातको औंलौ छिनाउने गरी यस्तो त शायदै सुन्नु भएको होला।

 एउटा यस्तै घटना घटेको छ मोरङ जिल्लाको विराटनगरमा। जहाँ कुकुरलाई दिसा गराउने विषयमा विवाद हुँदा एक पुरुषले दाँतले टोकेर महिलाको औंला नै छिनाई दिएका छन्। पछिल्लो समय विराटनगर क्षेत्रमा कुकुरलाई सडकम दिसा गराउने ल्याउने प्रचलन बढेका करण सडक नै दुर्गन्धित हुने गरेको छ ।

यसैबीच विराटनगर महानगरपालिका – ८ का टेकबहादुर गिरीले सडकमा कुकुरलाई दिसा गराउन लागेको अवस्थामा सोही स्थानकी संगिता पोख्रेलले “सडकमा कुकुरलाई दिसा नगाराउनुस्, सडक फोहोर हुन्छ” भनेर सम्झाउने क्रममा विवाद हुँदा निज टेकबहादुरले  संगिता पोख्रेलमाथी कुटपिट गर्दै दाँतले हातको औंला टोकेर चुँडाई दिएका छन्।

सामान्य विवाद हुँदा नै टेकबहादुर जंगिएर संगीतामाथी कुटपिट गर्दै हातको औंला दाँतले  टोकेर चुँडाई दिएको स्थानीयले बताएका छन्। दोषी टेकबहादुर यतिबेला प्रहरीको नियन्त्रणमा रेहको मोरङ प्रहरीले बताएको छ । प्रहरीका अनुसार छिमेकीसँग झगडा हुँदा निज टेकबहादुरले छिमेकी संगीतालाई आक्रमण गरी अंगभंग गराएको हुँदा उनलाई जिल्ला अदालत मोरङमा अंगभंग सम्बन्धी मुद्दा दायर गर्न लागिएको छ।

प्रकाशित : सोमबार, असार ११, २०७५१५:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ट्रयाक्टर दुर्घटना हुँदा गुल्मीमा चार जना घाइते: दुई जनाको अवस्था गम्भीर !