भैँसी गोठमा बसेको बेलामा जंगली हात्तीले आक्रमण गर्दा चौधरीको मृत्यु !

Leaderboard Banner
फाईल फोटो

काठमाडौँ । जंगली हात्तीको आक्रमणबाट सुनसरीको बराह नगरपालिकामा सोमबार बिहान एक जना महिलाको मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा बराह नगरपालिका – ९ ढोलबज्याङ् निवासी सत्य नारायण चौधरीकी ५० वर्षीय पत्नी भानुयादेवी रहेकी छन्।

प्रहरीका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्षबाट गाउँ पसेको जंगली हात्तीले भैँसी गोठमा बसेकी चौधरीलाई आइतबार राती आक्रमण गरेको हो। हात्तिको आक्रमणबाट घाईते चौधरीको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा सोमबार बिहान मृत्यु भएको थियो।

प्रकाशित : सोमबार, असार ११, २०७५१४:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आखिर के गर्दैछन्, पहेँलो वस्त्रमा पोखरा पुगेका पूर्व युवराज पारस शाह ?