उरुग्वे विरुद्ध रुस: काे बन्ला समूह विजेता ? दुई पटकको विश्व विजेता कि आयोजक राष्ट्र ?

Leaderboard Banner

 एजेन्सी । रसियामा जारी विश्वकप २०१८ का अन्तिम चरणका खेलहरु आजबाट सुरु हुँदैछन्। जस अन्तर्गत समुह ‘ए’ बाट अन्तिम चरणको खेल २ पटकको विश्व विजेता राष्ट्र  उरुग्वे र आयोजक राष्ट्र रसियाबीच हुँदैछ।

समूह ‘ए’ का यी दुवै टोलीलाई आफ्ना सुरुवाती दुवै खेलमा जित हात पार्दै अन्तिम १६ स्थान बनाई सकेको  हुँदा अब उनीहरुबीच समूह विजेता र उपविजेताको लागि मात्र प्रतिस्पर्धा हुनेछ। यी दुवै टिम बलिया भएको हुँदा कसको समूह विजेता हुने सम्भावना बढी छ भनेर विश्लेषण गर्न अलिक कठिन देखिन्छ। हुन त दुई पटकको विश्व विजेता बनिसकेको उरुग्वेलाई बलियो टोलीको रुपमा हेरीए पनि रसिया पनि कुनै पनि हिसावले कमजोर देखिँदैन।

आज नेपाली समय अनुसार राती ८: ४५ मा यी दुई देशबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई देशबीच समान छ अंक रहेको छ तर गोल अन्तरको हिसावले भने रुस अगाडी रहेको छ।  यस अर्थ पनि आजको खेल निकै रोमान्चक हुने देखिएको छ। आजको खेलबाट समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लाग्ने छ।

प्रकाशित : सोमबार, असार ११, २०७५१३:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जापानविरुद्धको खेलमा ‘रातो कार्ड’ खाने कोलम्बियन खेलाडीलाई ज्यान मार्ने धम्की !