उता गृहमन्त्री थापा फँसे जाममा: यता संसदमा कांग्रेसले जनायो नियामापत्ति ! सांसद र सभामुखबीच दोहोरी

Leaderboard Banner

काठमाडौँ । सोमबार  संसदमा मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफल गर्ने कर्यक्रम रहेको थियो। तर, संसदमा विभागीय मन्त्री नै उपस्थित नभएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विरोध जनाएपछि आजको प्रतिनिधि सभाको बैठक नै अवरुद्ध हुन पुग्यो।

सोमबारको प्रतिनिधी सभाको बैठकमा गृह, उर्जा, जलस्रोत तथा सिँचाई र परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथी छलफल भैरहँदा विभागीय गृहमन्त्री नै अनुपस्थित रहेको भन्दै विपक्षी दल काँग्रेसका सांसदहरुले नियमापत्ति जनाएर आआफ्नो सिटबाट उठेर विरोध गरे।  जसका कारण बैठक नै प्रभावित बन्यो।

गृहमन्त्री किन संसदमा अनुपस्थित भएको भन्दै काँग्रेस संसदहरुले प्रश्न उठाएपछि सभामुख कृष्ण बहादुर महराले मन्त्री जी आउंदै गरेको जानकारी संसदलाई गराएका थिए। महराले गृहमन्त्री थापा आउँदै गरेको भन्दै कंग्रेस सांसदहरुलाई बस्न आग्रह गरेपनि उनीहरुले बस्न नमाएपछि काँग्रेस संसाद र सभामुखबीच दोहारी नै चेलेको थियो।

सभामुखले गृहमन्त्री सवारी जाममा परेका कारण आउँन ढिला भएको भन्दै बैठक सुचारु गर्न खोज्दा संसदमा हाँसोको फोहरा छुटेको थियो। त्यसपछि सभामुख महराले जति आग्रह गर्दा पनि कांग्रेस सांसदले नमानेपछि १० मिनेटको लागि संसद नै स्थगित गरिएको थियो।

योसंगै विभागीय मन्त्री अनुपस्थित भएकै कारण संसद बैठक स्थगित भएको यो दास्रो पटक हो।

प्रकाशित : सोमबार, असार ११, २०७५१२:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चीन भ्रमणका क्रममा भएका उपलब्धिहरु सदनमा जानकारी गराउँदै प्रधानमन्त्री ओली [लाइभ हेर्नुस् ]