काभ्रेमा भएको भयानक ट्रक दुर्घटनाको अपडेट: ६ जना घाईते, ३ को अवस्था चिन्ताजनक !

Leaderboard Banner
फाईल फोटो

काठमाडौँ । काभ्रेको बनेपामा करिव यात्रुसवार  मिनी ट्रक भयानक दुर्घटना हुँदा आगलागी भएको छ। उक्त दुर्घटनामा परी ६ जना घाइते भएका छन् भने ३ जनाको अवस्था चिन्ताजनक रहेको छ।

सोमबार जिल्लाको बनेपा -५ रबिओपीमा दुर्घटनामा परेको मिनी ट्रकमा अचानक आगलागी भएको थियो। दुर्घटनामा परे लगत्तै सो ट्रकमा आगो लागेको बताईएको छ। प्रतक्ष्य दुर्घटना देखेका एक स्थानीयका अनुसार दुर्घटनापछि ट्रकमा आगो लागेको थियो।

दुर्घटनाग्रस्त  बा ४ ख ३४१२ नम्बरको मिनि ट्रक सोहि जिल्लाको देवीटारबाट बनेपातर्फ आउँदै गरेको थियो। दुर्घटनामा परेको मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको खसेको छ ।

दुर्घटना भयानक भए पनि कुनै पनि मानवीय क्षति हुनबाट जोगिएको काभ्रे प्रहरीले बताएको छ। दुर्घटनामा परी घाइते भएकाहरुको यतिबेला शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ट्रकमा लागेको आगो निभाउनको लागि बोलाइएको दमकल १ घण्टापछि पुगेको भन्दै स्थानीयहरु आक्रोशित भएको बताइएको छ। अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताईएको छ।

प्रकाशित : सोमबार, असार ११, २०७५१२:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

जुजु धौ (राजा दही) बनाउन व्यस्त भक्तपुरका दही व्यवसायी [तस्विर]