काठमाडौँ । काभ्रेको बनेपामा करिव १२ यात्रु सवार मिनी ट्रक दुर्घटनामा परी अचानक आगो लागेको छ।
जिल्लाको बनेपा -५ रबिओपीमा सोमबार मिनी ट्रक दुर्घटनामा परी आगलागी भएको हो। दुर्घटनामा परे लगत्तै सो ट्रकमा आगो लागेको बताईएको छ। प्रतक्ष्य दुर्घटना देखेका एक स्थानीयका अनुसार दुर्घटनापछि ट्रकमा आगो लागेको थियो।
दुर्घटनाग्रस्त बा ४ ख ३४१२ नम्बरको मिनि ट्रक सोहि जिल्लाको देवीटारबाट बनेपातर्फ आउँदै गरेको थियो। दुर्घटनामा परेको मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको खसेको छ ।
यस घटनाको बारेमा अझैँ बिस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बनेपाले बताएको छ ।