विश्वकपमा जापानले राख्यो एसियाकै इज्जत !

Leaderboard Banner

काठमाडौँ । विश्वकप २०१८ मा एसियाली टिम जापानले हिजो राति भएको खेलमा सेनेगलसँग बराबरी खेल्दै एसियाको इज्जत राख्न सफल भएको छ।

आइतबार  राति भएको समुह एचको खेलमा सेनेगलसँगको खेल २-२ गोलको बराबरी खेदै जापानले अंक  बाँडेको छ।  आफ्नो पहिलो खेलमा कोलम्बियालाई २-१ ले पराजित गरेको जापानले दोस्रो खेलमा पनि उत्कृष्ट खेल्दै बलियो टिम सेनेगलसँग बराबरी गरेको हो। अफ्रिकी देश सेनेगलले दुई/दुई अग्रता लिएपनि  एसियाली राष्ट्र जापानले पुनरागमन गर्न सफल भएको थियो । आफ्नो पहिलो खेल जितेको जापान र सेनेगलले दुबैले समुह एचमा समान ४ अनक बनाएका छन्। योसंगै यसियाली देश जापान (अन्तिम -१६ ) नकाउट चरणमा जाने सम्भावना पनि बढेको छ।

अब जापानले बिहिबार पोल्याण्डसंग खेल्ने छ। पोल्याण्ड अंकबिहिन रहेको समूहकै कमजोर टोली  हो। यसरि हेर्दा जापान अन्तिम १६ मा जने लगभग पक्का जस्तै बनेको छ।

प्रकाशित : सोमबार, असार ११, २०७५११:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

उरुग्वे विरुद्ध रुस: काे बन्ला समूह विजेता ? दुई पटकको विश्व विजेता कि आयोजक राष्ट्र ?