अब एसपी पावरफुल

Leaderboard Banner

काठमाडौं – अर्ध सैनिक प्रकृतिको सशस्त्र प्रहरी बल आगामी साउनदेखि नयाँ संरचनामा परिवर्तन हुने भएको छ ।

सरकारले सशस्त्र प्रहरी बल पुनःसंरचना गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अब अर्ध सैनिक प्रकृतिको यो फौज पुरै फौजी संरचनामा जाने भएको छ ।

सशस्त्रको यो नयाँ संरचना कतिपय हकमा नेपाली सेनासँग हुबहु मिल्दोजुल्दोसमेत छ ।

मन्त्रिपरिषद्ले संगठन पुनःसंरचनासम्बन्धी प्रस्ताव पारित गरेको भन्दै कार्यान्वयनका लागि गृह मन्त्रालयले पत्र पठाएसँगै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले अहिले यसका लागि थप गृहकार्य गरिरहेको छ । रोशन श्रेष्ठद्वारा लिखित यो समाचार आजको राजधानी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

गृहले पठाएको निर्देशनमा हाल विद्यमान पाँचवटा बाहिनीको संख्या वृद्धि गरी प्रत्येक प्रदेशमा बाहिनी संरचना स्थापना गर्ने तथा उपत्यकाका लागि छुट्टै बाहिनीको स्थापना गर्ने उल्लेख छ ।

यस्तै, हाल विद्यमान सीमा सुरक्षा कार्यालयलाई गणमा स्तरवृद्धि गर्ने, आवश्यकतानुसार प्राविधिक समूह गठन गर्ने, हाल विद्यमान रहेका बोर्डर आउट पोस्ट (बीओपी) को मौजुदा अनाश्रित संरचना हटाउने उल्लेख छ ।

गृहले देशका सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति रहनेगरी गुल्म स्थापना गर्नेसहितको निर्देशनसमेत दिइसकेको छ ।

अब एसपी पावरफुल

सशस्त्र प्रहरी बलले गणको गणपतिमा एसपी खटाउँदै आएकोमा अब उसलाई विशेष अधिकार दिइएको छ । एसपीलाई गणमा खटिने इन्सपेक्टरभन्दा मुनिका प्रहरी कर्मचारीको सरुवा अधिकारसमेत दिइएको छ ।

साथै, इन्सपेक्टर र डीएसपीको खटनपटन पनि आगामी साउनदेखि एसपीबाटै हुने भएको छ । जस्तो कि, हालको स्थायी संरचना बीओपी रहेका ठाउँमा अब एसपीलाई इन्सपेक्टर पठाउने अधिकार दिइएको छ ।

हालसम्म सशस्त्र मुख्यालयले नै बीओपीमा इन्सपेक्टरको सरुवा गर्दै आएको छ ।

सशस्त्रमा अहिले जिल्लाभित्र सीमा सुरक्षा, भन्सार, औद्योगिक सुरक्षा कार्यालय रहेकोमा सबैको कमान्ड फरकफरक ढंगले चल्दै आएको छ । अब भने जिल्लामा एउटै कमान्ड चल्ने भएको छ ।

सरुवामा पनि सशस्त्रले नया मापदण्ड लागू गर्ने भएको छ ।

अब नेपाली सेनाको जस्तै सिंगो गण नै सरुवा हुनेछ । अब एकल सरुवा पनि नहुने भएको छ ।
जस्तो कि, अब सरुवा हुँदा एउटा गणका सबै सशस्त्र प्रहरी कर्मचारीको ३६ नम्बर गणभित्र जुनसुकै गणमा हुनेछ ।

प्रकाशित : आइतबार, असार १०, २०७५०७:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ग्रेडिंग प्रणालीको अहिले सम्मकै खराब नतिजा : दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन