अर्जेन्टिनाको हारको पिडा सहन नसकेर एक नेपाली कट्टर अर्जेन्टिनी फ्यानले गरे आत्महत्याको प्रयास !

Leaderboard Banner

काठमाडौँ । अहिले रसियामा फुटबलको महाकुम्भ मेला विश्वकप फूटबल चलिरहेको छ । विश्वकपमा नेपाली टोली समावेश नभए पनि नेपालमा पनि विश्वकप फुटबलको राम्रै  क्रेज रहेको छ।

यसैबीच बिहिबार राती भएको अर्जेन्टिना र क्रोएसिया बीचको खेलमा अर्जेन्टिना ३-० को गोल अन्तरले पराजय भएपछि नेपालका एक अर्जेन्टिनी समर्थकले आत्महत्याको प्रयास गरेका छन्।

अर्जेन्टिनाको हारले विक्षिप्त बनेका ति कट्टर समर्थकले आफ्नै घाँटीमा पासो लागाएर आत्महत्या प्रयास गरेका हुन्। यसरी आत्महत्याको प्रयास गर्ने व्यक्ति पाँचथर याङवरक गाँउपालिका ५ निवासी २० वर्षीय रामकुमार तावा रहेका छन्।

बिहिबार राति अर्जेन्टिनाले हारेको भए पनि तावाले शुक्रबार दिउँसो ३ बजे घरमा एक्लै भएका बेला घरको तलामाथि चढेर घाँटीमा डोरीको पासो  लगाई आत्महत्या प्रयास गरेको परिवारका सदस्यले जनाएका छन्।

घाँटीमा डोरी बाँधेर सिलिङमा झुण्डिएपछि आफूहरूले देखेर तत्काल उद्धार गरेर अस्पताल ल्याएको परिवारजनले बताएका छन्।

प्रकाशित : शनिबार, असार ०९, २०७५१५:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मूर्तिकलाबाटै ७ नं प्रदेशलाई चिनाउने धोको छ, लामिछानेलाई