पाँच महिला कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसकारण फर्काइए !

Leaderboard Banner

काठमाडौँ । वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ ।

कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिनुभयो ।

“विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय लिइएको हो” – उहाँले भन्नुभयो ।

‘वैभव’ नामक मेनपावर कम्पनीले उनीहरुलाई ‘रिसेप्सनिष्ट’ मा पठाउन खोजे पनि प्रवेशाज्ञामा भने ‘क्लिनर्स’का लागि श्रम स्वीकृति दिइएको छ । उनीहरुलाई बिहान ८ः३० बजे विमानस्थलबाट फिर्ता पठाइएको थियो ।

प्रकाशित : शनिबार, असार ०९, २०७५१४:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अर्जेन्टिनाको हारको पिडा सहन नसकेर एक नेपाली कट्टर अर्जेन्टिनी फ्यानले गरे आत्महत्याको प्रयास !