एसईईको नतिजा प्रकाशित गरिँदै: यसरी हेर्नुस् आफ्नो रिजल्ट

Leaderboard Banner

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले माध्यामिक शिक्षा परीक्षा(एसइई) को परिक्षाफल आज सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परिक्षा बोर्डले दिएको जानकारी आनुसार आज दिउँसो ३ बजेको लागि परीक्षा नियन्त्रण कार्यालयले बोर्ड बैठक डाकेको छ । उक्त बैठक  सकिए लगत्तै आजै दिउँसो ४ बजे पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले बताएका छन् ।

गएको चैत ८ बाट सञ्चालित भएको यस वर्षको एसीईई परिक्षामा देशभरबाट ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी भएका थिए।

कसरी हेर्ने आफ्नो नतिजा:

नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर एनसेल प्रा. ली. तथा नेपाल टेलिकमको सटकोड १६०० मा sms पठाउने । आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. ली. को सटकोड ३१००३, फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६, वान अफ कम्युनिकेशन को सटकोड ३३६२४, जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१, इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms पठाउने । यस्तै उज्यालोको sms सेवा see टाइप गरेर सिम्बाेल नम्बर टाइप गरी ३५५६६ मा sms गर्न सकिन्छ ।

शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np, आकाश टेक प्रा. ली. www.inheadline.com, नेपाल टेलीकम www.see.ntc.np, पि. एण्ड पि मल्टी मिडिया प्रा.ली. www.edukhabar.com, एनसेल प्रा. ली. www.ncell.axiata.com, वान अप कम्युनिकेशन प्रा. ली. www.meroshikshya.com,  www.educationsansar.com लगायतका बेवसाईटहरुबाट पनि हेर्न सक्नु हुनेछ।

प्रकाशित : शनिबार, असार ०९, २०७५१०:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पत्रकार रबि लामिछाने प्रकरणबारे बोले वरिष्ट पाइलट विजय लामा: यस्त छ उनको कडा अभिव्यक्ति