व्यवसायी पोद्दारको अपार्टमेन्टमा सुन समितिले हान्यो छापा

Leaderboard Banner

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न बनेको विशेष छानबिन समितिले बिहिबार व्यवसायी विमल पोद्दारको अपार्टमेन्टमा छापा मारेको छ ।

आज दिउँसो डिल्ली बजारमा रहेको उनको अपार्टमेन्टमा समितिले छापा हानेको हो । सुन तस्करीममा संलग्न भएको आसंकामा पोद्दारलाई मंगलबार पक्राउ गरी बुधबार बयान लीइएको थियो। बयानपछि उनको अभिव्यक्तिमा केहि संकास्पद कुराहरु पाइएपछि आज उनको अपार्टमेन्टमा छापा मारिएको बताईएको छ। पोद्दार व्यवसायी दिपक महलोत्राका व्यवसायिक साझेदार समेत रहेका छन् ।

सुन तस्करी छानबिन समितिले यसअघि उर्लाबारीका सनम शाक्यको हत्या र गायव परिएको तस्करीको साढे ३३ केजी सुन काण्डको अनुसन्धान गरी जिल्ला अदालत मोरङमा ६३ जना विरुद्ध मुद्धा हालेको थियो।

अहिले पुर्पक्षका लागिका लागि प्रहरीका पूर्व डिआईजी मोहन निरौला, एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनालसहित व्यक्तिहरु थुनामा रहेका छन् ।

प्रकाशित : बिहिबार, असार ०७, २०७५१७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अन्तत रबि लामिछानेको विवाद टुंगियो: अमेरिकन नागरिकता त्यागेसँगै नेपाली नागरिकता लिने बाटो खुल्यो