कांग्रेस नेता भट्टराईलाई मस्तिष्कघात: नर्भिक हस्पिटलमा भर्ना

Leaderboard Banner

काठमाडौं– नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईलाई मस्तिष्कघात भएको छ । मस्तिष्कघात पछि उनको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्याइएको थियो ।

तत्काल शल्यक्रिया नगर्ने र सिटी स्क्यान्सर रिपोर्ट अध्ययन गरी उच्च निगरानीमा राख्ने उपचार चिकित्सक टोलीको सुझाव रहेको बताइन्छ । अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ ।

स्नायु विशेषज्ञ डा.राजीव झासहितको टोलीले उनको उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ ।

प्रकाशित : बिहिबार, असार ०७, २०७५१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

व्यवसायी पोद्दारको अपार्टमेन्टमा सुन समितिले हान्यो छापा