गुन्डागर्दीविरुद्ध प्रहरीको स्टिङ अप्रेशन: ठमेलबाट पक्राऊ परे ‘भाले डन’

Leaderboard Banner

काठमाडौं । महानगरीय प्रहरी परिसरले काठमाडौंको ठमेल वरपरलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका एक जना गुण्डा नाइके ‘भाले डन’ भनिने दिनेश लामालाई पक्राउ गरेको छ।

भालेले राजधानीको ठमेलका व्यवसायीलाई धम्की दिएर हप्ता असुली गर्दै हिड्ने गरेको सूचनाका आधारमा प्रहरीले उसलाई पक्राउ गरेको हो।  भाले डनलाई महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेले पक्राउ गरी हिरासदमा राखेको छ।  उनीविरुद्ध सार्वजनिक मुद्धामा समय थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईने प्रहरीले जानेको छ।

भाले यस अघि पनि हातहतियार तथा खरखजाना सम्बन्धित मुद्दामा पक्राउ परिसकेका छन् ।

प्रकाशित : बिहिबार, असार ०७, २०७५१६:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कांग्रेस नेता भट्टराईलाई मस्तिष्कघात: नर्भिक हस्पिटलमा भर्ना