गायक उदितनारायण झाको घरमा करेन्ट लागेर एकको मृत्यु

Leaderboard Banner

काठमाडौँ । चर्चित गायक उदितनारायण झाको घरमा निर्माण कार्यमा काम गर्ने एक जना मजदुरको बिहिबार  करेन्ट लागेर मृत्यु भएको छ।

गायक उदित नारायण झाको सप्तरीको हनुमाननगरस्थित कंकालिनी नगरपालिका १ भारदहमा अहिले निर्माण कार्य भैरहेको निर्माणाधीन घरमा काम गर्ने क्रममा भारतको भटनियाका २५ वर्षीय सञ्जीत कुमार यादवको मृत्यु भएको हो।

गायक झाको निर्माणाधन नयाँ घरको काम गर्ने क्रममा रड सिधा पर्ने क्रममा उक्त रडले ३७ भोल्टको विद्युतीय तार छुँदा यो घटना भएको थियो। रडले विद्युतीय नाङ्गो तारलाई अचानक छोएपछि करेन्ट लागेका उनलाई तत्काल उपचारको लागि स्थानीय भारदह अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो।

यतिबेला मृतक यादवको शवलाई परीक्षणका लागि राजविराजको गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल पठाईने प्रहरीले बताएको छ।

प्रकाशित : बिहिबार, असार ०७, २०७५१३:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बसबाट खसेर सोही बसको पछाडिको चक्काले किच्दा सहचालकको मृत्यु !