पौडी खेल्ने क्रममा हाइड्रोपावरको ड्याममा डुबेर २ युवकको मृत्यु !

Leaderboard Banner

काठमाडौँ । खोलमा पौडी खेल्ने क्रममा दुई जनाको डुबेर मृत्यु भएको छ। नुवाकोट जिल्लाको साताबिसे भन्ने ठाउँमा रहेको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर सल्यानका दुई जना युवकको ज्यान गेएको हो ।

ज्याला मजदुरी गर्न सल्यानदेखी नुवाकोट आएका उनीहरु पौडी खेल्न भन्दै तादी खोलामा अवस्थित  आदिशक्ति हाइड्रोपावरको ड्याममा गएका थिए।

हाइड्रोपावर पौडी खेल्ने क्रममा दुवै जनाको डुबेर  मृत्यु भएको हो । उनीहरु त्यहाँ रहेकको स्थानीय विधालय सुन्दरादेवी उच्च माध्यमिकको भवन निर्माणको काम गर्ने गरेका थिए।

मृतकहरु को हुन् भनेर उनीहरुको कुनै पनि परिचय भने खुलेको छैन।

 

प्रकाशित : बुधबार, असार ०६, २०७५१६:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भर्खरै परिक्षाफल प्रकाशित: यसरी हेर्नुस् आफ्नो नतिजा !