युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा लाजिम्पाटमा डरलाग्दो दुर्घटना !

Leaderboard Banner
सांकेतिक तस्विर

काठमाडौं । राजधानी काठमाडौंस्थित लाजिम्पाटमा मंगलबार डरलाग्दो दुर्घटना भएको छ। गैरसरकारी संस्था युनिसेफको ६६–०–००८२ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जना व्यक्ति घाईते भएका छन्।

उक्त दुर्घटनामा परी काठमाडौंको चंगोलका १८ वर्षीय ट्रपिस नेपाल रहेका छन् । घाईते नेपालको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपचाररत नेपालको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको छ ।

कारको ठक्करबाट मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको अगाडिको भाग सबै टुक्राटुक्रा भएको छ । मोटरसाईकल अगाडिको पांग्रा र ह्यान्डलको बोडीबाटै अलग भएको छ।

युनिसेफको कारका चालक नेदरल्याण्डका नागरिक रहेका छन्।  घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : मङ्गलबार, असार ०५, २०७५१७:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एसईईको नतिजा आज नआउने: अब कहिले आउछ रिजल्ट ? यस्तो भन्छ राष्ट्रिय परीक्षा बोर्ड…