भोलिबाट हुने चीनको राजकीय भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओली !

Leaderboard Banner

काठमाडौँ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा ) लाई छुट्टाछुट्टै सम्बोधन गर्दै भोलिबाट हुने आफ्नो छिमेकी राष्ट्र चिनको राजकीय भ्रमणको बारेमा जानकारी गराउँदै छन्।

सोमबार राष्ट्रिय सभाको बैठक दिउँसो २ बजेको लागि तोकिएओ छ भने प्रतिनिधिसभाको बैठक अपरान्ह ४ बजेका लागि डाकिएको छ। नेकपाका अध्यक्ष समेत रहेका ओलीले चिन भ्रमणक बेला चिनसँग हुने सहमति र सम्झौताका १३ वटा विषयका बारेमा पार्टीको स्थायी कमिटिको बैठकमा जानकारी गराई सकेका छन्।

चिन भ्रमणका बेला सहमति र सम्झौताको कुरा गर्नु पर्दा धेरै चासो र नेपालले आकंक्षा राखेका कुराहरु देशका उत्तरी भूभागका विभिन्न जिल्मा रहेका नाकाहरुको सञ्चालन, रेल मार्ग लगायत चिनियाँ सहयोगमा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाबारे छलफल तथा सहमतिको तयारीमा रहेको बुझिएको छ।

चिन भ्रमणमा जाँदा प्रधानमन्त्री ओली गृह, परराष्ट्र, उर्जा, भौतिक पूर्वाधार मन्त्रीहरु सहित चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : सोमबार, असार ०४, २०७५१२:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गृहमन्त्री थापा बने भाग्यमानी: थुते ६ वर्षे चिठ्ठा, अर्थमन्त्री खतिवडा भने दुई वर्षमा ‘आउट’!