लगातार घट्दै सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

Leaderboard Banner

काठमाडौँ । आज साताको दोस्रो दिन (सोमबार) सुनको मूल्य तोलामा एक्कासी ३  सय रुपैयाले घटेको छ। आइतबार ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला  सुनको मूल्य आज ५८ हजार ३  सय  रुपैयामा  कायम रहेको छ ।

यसै बीच आज तेजावी सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको कारोबारको तुलनामा आज तेजावी सुनको मुल्य पनि ३ सय रुपैयाले घटेको हो।आइतबार ४ सय रुपैयाले घटेको सुनको मुल्य आज फेरी ३ सय  रुपैयाले घटेको हो। दुइ दिनमा नै सुनको मुल्य तोलामा ७ सय रुपैयाले घटेको छ।

त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेको छ। आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : सोमबार, असार ०४, २०७५११:५७
अर्को समाचार:

घट्यो सुनको मूल्य: हेर्नुस् तोलामा कतिले आयो कमी ! चाँदीमा भने भाउ बढ्यो