अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारार्थ सिङ्गापुर तर्फ

Leaderboard Banner

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचार गर्न सिंगापुर प्रस्थान गरेका छन् ।

अध्यक्ष दाहाल श्रीमती सीता दाहाल  र छोरी गंगा दाहालसँगै आईतबार साँझ सिंगापुरका लागि उढेका हुन्।  पहिलेदेखि नै विरामी रहेकी पत्नी सीतको स्वास्थ्यमा समस्या देखा परेपछि अध्यक्ष दाहाल उपचारका लागि हिजो सिंगापुर प्रस्थान गरेको प्रचण्डको निजी सचिवालयले बताएको छ ।

प्रचण्ड पत्नी सीतालाई प्रेसर, सुगर लगायतका समस्याहरु रहेको बुझिएको छ । यसअघि पनि उनको उपचारको लागि छोरी रेणु दाहालले भारतको नयाँ दिल्ली पुर्याएकी थिइन् ।

प्रकाशित : सोमबार, असार ०४, २०७५११:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भोलिबाट हुने चीनको राजकीय भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री ओली !