खुसीको खबर: ह्वातै घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

Leaderboard Banner

काठमाडौँ । आज साताको पहिलो दिन (आइतबार) सुनको मूल्य तोलामा एक्कासी ४ सय रुपैयाले घटेको छ। शुक्रबार ५९ हजार रुपैयाँमा कारोबार भएको छापावाला  सुनको मूल्य आज ५८ हजार ६ सय  रुपैयामा  कायम रहेको छ।

यसै बीच आज तेजावी सुन प्रतितोला ५८ हजार २ सय  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको कारोबारको तुलनामा आज तेजावी सुनको मुल्य पनि ५ सय रुपैयाले घटेको हो।

त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा  २० रुपैयाले घटेको छ। आज चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : आइतबार, असार ०३, २०७५११:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

लगातार घट्दै सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!