युवाद्धारा ‘नेशनल युथ फेष्ट’ लाई सम्बोधन,अब कसैले पनि असुरक्षित महशुस गर्न-नपर्ने!

Leaderboard Banner

काठमाडौँ, शनिबार (असार २) ‘नेशनल युथ फेष्ट’ कार्यक्रमको दोस्रो दिन युवा राजनितिज्ञ, युवा उद्यमी र जीवनका विभिन्न क्षेत्रमा ख्याती प्राप्त गरेका व्यक्तिसँग एक सय भन्दा बढी  युवाहरुले अन्तरक्रिया गरेका छन् ।


नेशनल कलेज, धुम्बराहीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संसद योगेश भट्टराईले भने, “अब आउने पुस्ताले व्यवस्था परिवर्तनको लागी जेल बस्नु पर्दैन, अब हामी सम्बृद्धिको बाटोमा जाने हो । नेपाल असंख्य संभावना भएको देश हो । नेपाल एक सहिष्णु देश हो । सबै जात जातीहरु मिलेर बसेका छन्, कसैले पनि असुरक्षित महशुस गर्नुपर्दैन।” युवाहरुलाई देशमै प्रचुर संभावना र अवसरहरु रहेको छ भन्दै थप आशावादी बनाउनु भयो ।

नेपाल तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष तथा युवा नेता उदय शम्शेर राणाले जलविद्युत, पर्यटन, कृषि लगायत क्षेत्रमा लगानी गरी स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताउनु भयो। साथै सैद्धान्तिक शिक्षा भन्दा पनि व्यावहारिक शिक्षामा जोड दिन सल्लाह दिनु भयो । “देश भित्र युवा स्वरोजगार र उद्यमशिलतालाई प्राथमिकता दिन आवश्यक छ । जीवन उपयोगी र जीविकोपार्जन गर्न सकिने शिक्षा नेशनल कलेजले प्रदान गरेकोमा उहाले हार्दिकता समेत व्यक्त गर्नुभयो ।” पुर्व अर्थ राज्यमन्त्रीसमेत रहेका राणाले विधार्थीको जिज्ञासामा विश्वकपको प्रसंग कोट्याउदै नेपाली कांग्रेसले आत्मघाती गोल हुन नदिन प्रतिपक्षको भूमिकामा सशक्त हुने उहाँको भनाइ थियो ।

देशै भरिबाट सहभागी युवाहरुलाई युवा उद्यमी तथा डिस होमका निर्देशक सुदिप आचार्य, मिस नेपाल अर्थ प्रिया सिग्देल लागायतका बक्ताहरुले उच्च माध्यमिक तहको अध्ययन सकिएका युवाहरुको जिज्ञासा मेट्दै भने,’देशमै रोजगारीका थुप्रै संभावना रहेको छ । नेपालमै बसेर अध्ययन र रोजगारी गर्दा सानो भईदैन भन्ने भावनाको विकास गर्नु पर्यो।’

प्रकाशित : आइतबार, असार ०३, २०७५१३:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सरुवा भए नेपाल प्रहरीका ५० डिएसपी र ११ सई : हेर्नुस् को कहाँ पुगे [ सूचीसहित ]