राजधानीको भित्रको स्वर्ग

Leaderboard Banner

गोदावरी । काठमाडौंको दक्षिणी कुनामा रहेको गोदावरी पर्यावरणीय पर्यटनको चीरपरिचित गन्तव्य हो । यहाँको जैविक विविधता देखेर लाखौं पर्यटक मन्त्रमुग्ध हुन्छन् ।

राजधानीको धुलो धुँवा र कोलाहलयुक्त कंक्रिट जंगलभित्रको बस्तीमा बाँचेका जो कोही गोदावरीको शान्त शितल र मनमोहक वातावरणमा रमाउन पाउँदा संसार भुल्छन् ।
मध्य जंगलमा कलकल बग्ने कञ्चन पानी,बोटानिकल गार्डेनमा फूलेका रंगी चंगी फूलहरु, हजारौं बहुमुल्य बनस्पती, चराचुरुङ्गीहरुको चिरविर र जंगली जनावरहरुको अवलोकन यहाँका मुख्य आकर्षण हुन् । गोदावरी धार्मिक र सांस्कृतिक धरोहर पनि हो । यहाँ गोदावरी भिलेज रिर्सोट,भ्यु भृकुटीजस्ता सुविधा सम्पन्नदेखि सर्वसुलभ होटल र रेष्टुरेण्टमा खान बस्ने सुविधा छ ।
गोदावरी धार्मिक सांस्कृतिक रुपमा पनि उत्तिकै धनी छ। यहाँ गोदावरी कुण्ड, लाम कुण्ड, गौरी कुण्ड, नौधारा, पञ्चदेवल र सिद्धेश्वर महादेवको मन्दिरजस्ता पुरातात्विक महत्वका सम्पदा छन् । हरेक बाह्र बर्षमा लाग्ने सिंहस्त मेलामा देशभरिबाट यहाँको चिसो पानीमा स्नान गर्न आउने भक्तजनहरुको लर्को लाग्छ । गोदावरी नजिकै विशंखुनारायण, हरिसिद्दि, सन्तानेश्वर र बज्रवाराहीजस्ता तीर्थस्थल छन् ।
पर्या–पर्यटनका लागि गोदावरीभित्र रहेको बनस्पती उद्यान एउटा अनुपम उदारण हो । चन्द्र शम्सेरले निर्माण गरेका यस उद्यानमा सयौं फूलहरु, दुर्लभ जडिबुटी र विरुवा छन् । उद्यानमा हरित गृह, पुष्प, बाटिका, जल उद्यान, अनुसन्धानशालाजस्ता जैविक बाटिकाले सझिएको छ ।

गोदावरी पारिवारिक जमघट, पिकनिक र शैक्षिक भ्रमणका लागि उपयोगी छ । साथै यहाँ जैविक विधिता अध्ययन, चरा अवलोकन, हाइकिङ्ग गर्न पनि उत्तिर्कै उपयोगी छ ।
गोदावरी राजधानी काठमाडौं उपत्यका भित्र रहेको उच्च चुचुरो फुल्चोकी प्रवेशद्वार हो । गोदावरी घुम्न पुग्ने जो कोही नजिकै चापाखर्कमा प्याराग्लाइडिङ्ग गर्न सक्छ । काठमाडौं उपत्यकाभन्दा उच्च भागमा रहेको गोदावरीबाट लाङ्गटाङ्ग,गौरीशंकर,दोर्जे लाक्पा,गणेशजस्ता हिमाल स्प्रष्ट देखिन्छ ।
कसरी पुग्ने
गोदावरी टाढा छैन । आजकल राजधानीको रत्नपार्कबाट सिधा बस सेवा सञ्चालित छ । आफ्नै सवारी साधन हुनेले ललितपुरको लगनखेल सातदोबाटो हात्तिवन हरिसिद्दि ठैव किटिनीहुँदै गोदावरी पुग्न सकिन्छ । रत्नपार्कबाट १५ किलोमिटर पार गरेपछि गोदावरी पुग्न सकिन्छ ।

•••

•••

•••

•••

•••

•••

•••

प्रकाशित : आइतबार, असार ०३, २०७५१२:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डा. देवकोटाको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा : केहिबेरमै अन्त्येष्टि गरिँदै !