अझै केहि दिन यस्तै धमिलो पानी वर्षा हुन्छ

Leaderboard Banner

काठमाडौँ । गएराती अचानक राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा धमिलो पानी वर्षा भएको थियो। ठूलो मात्रामा धूलो समिश्रण सहितको पानी परेका कारणले हिलो जस्तो पानी परेपछि धेरै जना मानिसहरु आश्चर्यचकित परेका थिए।

यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केहि दिन धुलोसहितको धमिलो वर्षाको प्रवाम रहने बताएको छ। हिजो साँझदेखि नै देशका विभिन्न भु–भागहरुमा पहेंलो धुलो सहितको पानी परेको थियो। जुन भारतको राजस्थान लगायतका मरभुमी क्षेत्रमा चलेको आँधीहुरीले उडाएर वायुमण्डलमा ल्याएको धूलो भएको महाशाखाले बताएको छ।

पश्चिमी वायुको प्रभावले गर्दा उक्त धूलो क्रमशः पूर्वतिर सर्दै गंगा सागरको फाँट माथिको वायूमण्डल हुँदै बिस्तारै नेपालको वायुमण्डलमा प्रवेशका कारण यस्तो हुन् गएको हो।

भारतको राजस्थान लगायतका मरुभूमि क्षेत्रमा अहिले पनि धुलोको हुरी चलेरहेको र उक्त धूलो पूर्वतर्फ अर्थात् नेपालतर्फ आउने क्रम जारी रहेका र् मनसुन पनि सक्रिय रहेका कारण यस्तो खालको वर्ष अझै केहि दिन हुन सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित : शनिबार, असार ०२, २०७५१५:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अब टोल-टोलमा नेपाल प्रहरी प्रहरी परिचालन हुँदै