हिजो काठमाडौँसहित देशका विभिन्न स्थानमा हिलो वर्षा: किन हुन्छ यस्तो पानी वर्षा ?

Leaderboard Banner

काठमाडौं । हिजो राति राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा पानी पर्यो। शुक्रबार राति परेको पानी अन्य समयमा पर्ने जस्तो सामान्य प्रकृतिको देखिएन, किनकी सो पानि धमिलो थियो।

जब यस्तो खललको पानी पर्यो मानिसहरु अचम्ममा परे । जीवनमा नदेखिएको वर्षा गए राति देख्दा मानिसहरुलाई लाग्यो, हिलो सहितको पानी आकाशबाट वर्षात्  छ। शनिबार बिहानमा घरको आँगन, छात, त्यसैगरी बाहिर पार्किङ गरी राखेका गाडी तथा मोटरसाइकल पुरै हिलाम्मे भएको देखिथ्यो राजधानीमा।

राति पानी परेको थाहा नपाउनेहरु त बिहान उठेर घरबाहिर हेर्दा तीनछक परे। पार्किङमा राखेका सवारी साधन पनि हिलै छन्, फुबाबारीका फुलहरु पनि हिलोले भरिएका छन्।  कसैले त सम्झीए कसैले रातभरी यस्तो उपध्रो नै मच्चाएछ। यद्यपी, यथार्थ बिल्कुल फरक थियो।

देशका विभिन्न स्थानमा धमिलो पानी परेको विषयमा हामीले मौसम पूर्व अनुमान महाशाखामा बुझ्दा यो प्रदुषित वायुका कारणले भएको रहेछ। केहि समय यतादेखि भारतमा ठूलो आँधीहुरी आईराहेको र उक्त हावाहुरीले राजस्थान लगायतको मरुभूमीको बालुवा उडाएर वायुमण्डलमा फैलिएका कारण उक्त प्रदुषित वायु नेपालको वायुमण्डल सम्म फैलिएका कारण हावामा भएको धुलो पानीसँगै वर्षात भएको रहेछ।

‘यो कुनै हिलो वर्षात नभएर वायु मण्डलमा भएको धूलो पानीसँगै नेपाल जमिनमा खसेको हो’, महाशाखाले भन्यो। यस्तो वर्षा नेपालको पूर्वी भेगमा बढी भएको महाशाखाले जनाएको छ।

प्रकाशित : शनिबार, असार ०२, २०७५११:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गएराति पौने ९ बजे अरुण तेस्रोको सुरुङ खन्ने क्रममा माटोको ढिस्को खसेर चार जनाको मृत्यु