श्रीदेवीको मृत्युपछि बिरक्तिएको ‘रङ्गिला’ लाई भारतमा बुझाईने नेपाल सरकारको निर्णय !

Leaderboard Banner

काठमाडौँ । श्रीमतीको मृत्युपछी बिरक्तिएको ‘रङ्गिला’ लाई भारत पठाउने निर्णय गरिएको छ।  ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा केहि समय अगाडि जोडी भालु मध्येको श्रीदेवी नाम गरेको पोथी भालूको मृत्यु भएपछी एक्लै भएर बिरक्तिएको ‘रङ्गिला’ नामको भाले भालु भारतलाई दिने निर्णय बिहीबारकाे मन्त्रिपरिषद बैठकले गरेकाे हाे ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएका अनुसार साइटिस सन्धिकाे प्रावधान अनुसार सो भालु भारतलार्इ बुझाउन लागिएको हो।

उक्त भालु यसअघि भारतबाट नै नेपाल आएको थियो।  गत मङ्सिरमा भालु रंगिला र श्रीदेवीकाे जाेडीलाई रौतहट जिल्लाबाट नियन्त्रणमा लीइएको थियो। भालु नचाउने व्यक्तिहरुले अनधिकृत रुपमा ती भालुहरुलई प्रयोग गरिरहेको सुचनाका आधारमा ती भालुला जोडीलाई नियन्त्रणमा लिई चितवन राष्ट्रिय निकुन्जलाई बुझैइएको थियो।  पछि उनीहरु  सदर चिडिया खान ललितपुर, जाउलाखेल ल्याईएको थियो।

१९ वर्षीय रंगिला १७ वर्षकी पोथी श्रीदेवीको मृत्युपछि विक्षिप्त भएको छ। श्रीदेवी सदर चिडियाखाना ललितपुरमा ल्याएको केही हप्तामा नै जण्डिस लागेर मृत्यु भएको थियो।  यतिबेला पशु अधिकारकर्मीहरूले उक्त भालुलाई धुनेर राख्नु भन्दा उसको घर भारतमै बुझाउनु पर्ने बताउँदै आएका कारण सरकारले सो भालुलाई भरतमै बुझाउने निर्णय गरेको हो।

रंगिला र श्रीदेवी भालु विश्वकै एक दुर्लभ प्रजाति ‘स्लोथ प्रजाति’ का भालु हुन्। संकलम परेका र दुर्लभ बन्यजन्तुसम्बन्धि  अन्तर्राष्ट्रिय सन्धि साइटिस सन् १९७५ जुलाई १ का अनुसार कुनै पनि देशमा रहेको दुर्लभ बन्यजन्तु यदि कुनै देशमा पुगेको भए पनि सो बन्यजन्तुलाई त्यही देशमा फर्काउनु पर्ने प्रावधान रहेको छ। यो सन्धिमा नेपाल र भारत दुबैले हस्ताक्षर गरेका छन्

प्रकाशित : शुक्रबार, असार ०१, २०७५११:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काँग्रेस महाधिवेशन प्रतिनिधि एवं गुण्डा नाईके आफ्नै कामदारलाई बलात्कार आरोपमा पक्राऊ !