नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि

Leaderboard Banner

काठमाडौं, १ असार – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको छ ।

दुवै अध्यक्षको हैसियत र अधिकार समान हुने गरी विधान तयार भएको हो । यो खबर आजको नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बिहीबार अध्यक्षद्वय ओेली र प्रचण्डलाई विधान र नियमावलीको मस्यौदा बुझायो ।

बैठकको अध्यक्षता गर्ने अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्को दोस्रो मर्यादामा रहने र दुवै अध्यक्षले समग्र राजनीतिक नेतृत्व गर्ने विधानमा उल्लेख छ ।

औपचारिक पत्रहरूमा दुवै अध्यक्षको हस्ताक्षर हुनेछ ।

‘आलोपालो बैठकको अध्यक्षता गर्ने क्रममा एउटा अध्यक्षको मर्यादाक्रम पहिलो हुँदा अर्कोको दोस्रो हुने गरी विधानको मस्यौदा बनाइएको छ,’ कार्यदलका सदस्य बेदुराम भुसालले भने, ‘अब स्थायी समिति बैठकले विधान र नियमावली पास गरेपछि प्रकाशन हुनेछ ।’ कार्यदलमा भुसालसहित नेताद्वय देव गुरुङ र खिमलाल देवकोटा सदस्य थिए ।

प्रकाशित : शुक्रबार, असार ०१, २०७५०६:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सांसदले भने, ‘बजेट फिक्सिङ गर्ने मन्त्रीलाई जेल हाल्नुपर्छ’