उद्घाटन खेलमा आयोजक रुसको ५ गोल, साउदीको लज्जास्पद हार

Leaderboard Banner

काठमाडौँ, जेठ ३१ । विश्वकप २०१८ को पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५-० ले हराएको छ ।

रुसको जितमा परिवर्तित खेलाडी डेनिस चेरिशेभले दुई गोल गरे ।

पहिलो हाफको १२ औं मिनेटमा युरी गाजिन्स्कीले गोल गर्दै आयोजक राष्ट्र रुसलाई अग्रता दिलाएका थिए ।

त्यस्तै पहिलो हाफको अन्त्यतिर डेनिस चेरिशेभले गोल गर्दै रुसको अग्रता दोब्बर पारे ।

त्यस्तै परिवर्तित खेलाडी आर्तेम जुबाले ७१ औं मिनेटमा गोल गर्दै रुसको जित सुनिश्चित गरेका थिए ।

खेलको अन्तिममा चेरिशेभले निकै आकर्षक गोल गर्दै स्कोर ४-० पारे भने फ्रिकिकमा अलेक्जान्डर गोलोभिनले गोल गर्दै साउदीलाई लज्जास्पद हार दिलाए ।

खेलभरी आयोजक निकै आक्रामक देखिए भने साउदीको अग्रपंक्ति निकै फितलो देखियो ।

तर खेलमा साउदी अरेबियाले नै ६० प्रतिशत पोजेसन राख्न सफल भएको थियो । समूह ‘ए’ को दोस्रो खेलमा भोलि ५.४५ मा इजिप्ट र उरुग्वे भिड्दै छन् ।

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५२२:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी फुटबलर जसले विश्वकपमा पहिलो गोल गर्ने सौभाग्य हात पारे !