यसरी भव्यताको साथ गरियो विश्वकप उद्घाटन(तस्बीरहरु)

Leaderboard Banner

काठमाडौँ, जेठ ३१ : विश्वकप फुटबलको शनिबार भएको उद्घाटन खेलमा नेपाली समय अनुसार साँझ ८ः४५ बजे साउदी अरब र आयोजक राष्ट्र रूसबीच खेल शुरु भएको छ ।

उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संक्षिप्त सम्बोधन गरी खेलमा आउने पाहुनासँगै खेलाडीहरूलाई स्वागत गर्नुभएको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको सम्बोधनलगत्तै पहिला साउदी अरब र पछि रूसी समूहले राष्ट्रिय गान गाएपछि खेल शुरु भएको छ ।

रूसको राजधानी मस्कोमा रहेको लुझनिकी रङ्गशालामा विश्वकप फुटबलको भव्य समारोहकाबीच उदघाटन भएको छ ।

रूसको तर्फबाट इगोर अकिनफिवको नेतृत्वमा इल्या कुपेटोभ, सेर्गेई इग्नाशेभिक, इयुरी गाजिन्स्की अलान जागोभ, रोमान जोवनिन, अलेक्साण्डर गोलोभिन, यूरी जर्कोभ, अलेक्साण्डर सामेडोभ, फेडर स्मोलोभलगायतको टोली खेल्दैछ । रूसको प्रशिक्षकमा स्टानिसलाभ चेर्सेसोभ रहनुभएको छ ।

यसैगरी साउदी अरबतर्फ अब्दुल्लाह अल–मुआइयोउफ ओसामा हासावी (क्याप्टेन), ओमार हावसावी, मोहम्मद अल–बुरायक, येसेर अल–शाहरानी, सलमान अल–फराज, याहिया अल–सेहरी, अब्दुल्लाह ओतायफ, तैसिर अल–जसाम, सालेम अल–दावसारी, मोहम्मद अल–साहलावीलगायत खेल्दैहुनुहुन्छ भने स्पेनी नागरिक जुवान एन्टिोनियो पिजी प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुनेछ ।

बिहीबारको खेल अर्जेन्टिनी रेफ्रीको उपस्थिती रहेको छ । पहिलो पटक विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ्रीको प्रयोग गरिने भएको छ ।

उद्घाटन खेल शुरू हुनु अघि असी हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले उद्घाटनका समय आफ्नो प्रस्तुती दिएका थिए ।

फुटबलको महाकुम्भ मानिने यस खेलको उद्घाटन समारोहमा इङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका प्लासिडो डोमिगोले आकर्षक प्रस्तुतीका साथ उद्घाटन समारोहलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कलाकारहरू जुआउन डिएगो फ्लोरेज र गरीफुल्ल्निाले पनि उद्घाटनमा आफ्नो प्रस्तुती राख्नुभएको छ ।

स्टेडियमको सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने खेलका समय आइपर्नसक्ने भवितब्यलाई ध्यान दिँदै रूसले लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखेको बताइएको छ ।

विश्वकपको हालसम्मको इतिहासलाई हेर्दा हालसम्म कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् । तत्कालीन सोभियत संघले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उदघाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो । रूस आयोजक राष्ट्र भएकाले यसको तयारी खेललाई भब्य बनाउने भएपनि साउदी अरब पनि कम आक्न सकिने समूह होइन ।

सन् २०१८ को विश्वकपमा पहिलो गोल गर्न रूसी खेलाडी इयुरी गाजिन्स्की सफल
साउदी अरबले चलाएको बलसँगै खेलको उद्घाटन भएको हो । भने खेलमा रूसले पहिलो गोल गरी आफूलाई प्रभावशाली समूहको रूपमा प्रस्तुत गरेको छ । पहिलो गोल गर्न ३२ वर्षीय रूसी खेलाडी इयुरी गाजिन्स्की सफल हुनुभएको छ । उहाँले पहिलो हाफको १५ मिनेटमा गोल गर्न सफल हुनुभएको छ ।

यसरी भव्यताको साथ गरियो उद्घाटन 

•••

•••

•••

•••

•••

•••

•••

•••

तस्बिर : रोयटर्स

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५२१:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पहिलो हाफमै आक्रामक रुपमा प्रस्तुत हुँदै रुस