अबको तीन महिनापछि सडक खान्न नपाईने : अटेरी गरे कारवाही गरिने !

Leaderboard Banner

काठमाडौं । विभिन्न नाममा पटक पटक पिज गरेको सडक खनेर बेहाल परेको गुनासो बाधन थालेपछि यसबारे नेपाल सरकारले एक्सन लिएको छ।

सोहि अनुसार अबको दिन महिनापछि कुनै पनि प्रयोजनका नाममा सडक नखन्न सरकारले सडक विभागलाई निर्देशन दिएको छ। सडक विभाग, मध्यमाञ्चल सडक निर्देशनालयले सार्वजनिक सूचना नै जारी गर्दै वर्षायाममा खानेपानी, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनको नाममा सडक नख्न्न भन्दै निर्देशन जारी गरेको हो।

पटक पटक सडक खाने र लथालिङ्ग पर्ने गर्न थालेपछि सडक थप बिग्रँदै जाने भएको हुँदा वर्षाभारी सडक खन्ने कम बन्द गर्ने निर्णय भएको वर्षायामभरि सडक खन्न नदिने निर्णय भएको निर्देशक शिवहरि सापकोटाले बताए ।

विभिन्न प्रयोजनका लागि भनेर वर्षामा यसरी खनिएको सडक सडक तत्कालै मर्मत गरी पूर्वअवस्थामा ल्याउन नसकिने  भएको हुँदा निर्देशनालयले सडक खन्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

यो निर्णय लागु भएसँगै अब असार १देखि भदौ मसान्तसम्म सडक खन्न पाईने छैन। यदि कोहि कसैले जवर्जस्ती खनेको पाईए कारवाही गरिने निर्देशनालयले जनायो।

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५१९:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

काभ्रेको कालढुंगामा पहिरो जाँदा विपी राजमार्ग अवरुद्ध : सवारी आवागमन ठप्प