चिन भ्रमणमा लिपुलेकबारे कुरा उठाउन चन्द्र भण्डारीको माग !

Leaderboard Banner

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन भ्रमणका बेला लिपुलेकबारे कुरा उठाउन सुझाप दिएका छन्।

बिहिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै नेता भण्डारीले चिन भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले लिपुलेक्बारे कुरा उठाउन सक्नु पर्ने बताएका छन्। चिनले नेपालको अहित कुने कुरा कहिल्यै पनि गर्ने नसक्ने बताउँदै प्रम ओलीले भ्रमणका बेला लिपुलेकबारे कुरा राख्न सके मात्र भ्रमणलाई सफल भएको मान्न सकिने धारणा राखे।

नेता भण्डारीले तत्कालिन प्रधानमन्त्री विपी कोइरालाले चिन भ्रमण जाँदा चिनबाट नेपाल जोड्ने दुई सडक बनाईदिन माग गरेको कुरा स्मरण गर्दै भने – ‘ विपिको यो कुरा भारतलाई मन परेन र पछि राजासँग मिलेर विपी सरकार नै ढालियो, विपीसँग दुई तिहाई बहमुत हपनि उहाँले १८ महिनामा सरकार छोड्नु पर्यो, तर अहिले त्यस्तो अवस्था छैन।’

प्रधानमन्त्री ओलीले चिनियाँ अनुदानमा  रेल ल्याउने कुरामा पनि फल गर्नु पर्ने उनको सुझाव थियो। उनले अन्तमा भने, यदि चिनले अनुदानमै नेपालमा रेल ल्याईदियो भने यो भ्रमण निकै उपलब्धिपूर्ण हुनेछ।’

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५१८:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सरकारको प्रसंशनीय निर्णय: सबै जिल्लाका एनजीओका पदाधिकारीको सम्पत्ति विवरण पठाउन गृहको निर्देशन