तस्कर र कालोबजारीलाई कारवाही गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाको प्रदर्शन !

Leaderboard Banner

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थ तथा अन्य उपभोग्य सामग्रीहरुमा भएको मूल्यवृद्धिको विरोधमा बिहिबार राजधानी काठमाडौँको विभिन्न स्थानमा प्रदर्शन गरेको छ।

विरोध प्रदर्शनमा आएका विप्लवका नेता तथा कार्यकर्ताहरुले विभिन्न नाराहरु लेखिएको कालो ब्यानरसहित आएका थिए। काठमाडौँको सुन्धार र रत्नपार्क लगायतको क्षेत्रमा भएको प्रदर्शन उनीहरुले महँगी, तस्करी र कालोबजारीलाईलाई तत्काल नियन्त्रण गरी त्यस्ता गतिविधिमा सम्लग्नलाई तत्काल कारवाही गर्न माग गरेका थिए।

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५१७:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चिन भ्रमणमा लिपुलेकबारे कुरा उठाउन चन्द्र भण्डारीको माग !