‘उम्लियो भने पोखिन्छ’ भन्दै यी कलाकारहरुसँग कम्मर मर्काइन स्वस्तिमाले [भिडियो]

Leaderboard Banner

काठमाडौँ, जेठ ३१।  चलचित्र ‘जय भोलेको’ पहिलो गित आज रिलिज गरिएको छ। गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ भने उनलाई मेलिना राइले साथ दिएकी छिन् । ‘उम्लियो भने पोखिन्छ’ बोल रहेको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का, सलोन बस्नेत,  बुद्धि तामाङ, राजाराम पौडेल, खगेन्द्र लामिछाने, सौगात मल्ल लगायतले  निकै  आकर्षक नृत्य गरेका छन्।

यस भिडियोलाई वरिष्ठ कोरियोग्राफर बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् । अभिनेत्री स्वस्तिमा ‘कुटुमा कुटु’ बोल रहेको गीतमा आकर्षक नृत्य गरेपछि निकै चर्चित भएकी थिइन्।  अशोक शर्माको निर्देशन रहेको फिल्म ‘जय भोले’ को निर्माता पनि शर्मा नै हुन्। यो चलचित्र यसै वर्षको फूलपातिको दिनबाट प्रदर्शनमा आउने छ ।

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५१७:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज रिलिज हुँदै सलमान खानको ‘रेस ३’, पहिलो दिनमै कमाउन सक्छ यति करोड ? सबै रेकर्ड तोड्ने दाबी