भारत स्वसाशित काश्मिरमा गोली हानाहान, ३ को मृत्यु

Leaderboard Banner

एजेन्सी । भारत स्वसाशित क्षेत्र काश्मिरमा बिहीबार भारतीय सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो भिडन्त भएको सरकारी अधिकारीलाई उद्दृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

सुरक्षा सुरक्षा अशिकारी र आतंकारीबीच गोली हानाहान हुँदा दुई जान आतंककारीको मृत्यु भएको छ।  भिडन्त कश्मिरको श्रीनगर शहरबाट करिब ६५ किलोमिटर उत्तरमा पर्ने बान्दिपोरा जिल्लाको पाना जङ्गल भएको थियो।

जङ्गलमा भएको सो भिडन्तमा परि २ जना आतङ्ककारी र एक भारतीय  सैनिकको मृत्यु भएको कर्नेल राजेस कालियाले जनाएका छन् । सो इलाकामा आतङ्ककारीहरुको खोजी कार्य जारी रहेको पनि उनले बतै । उक्त क्षेत्रमा विगत लामो समयदेखि आतंककरीको पकडमा रहेको थियो ।

गत आइतबार मात्रै पनि कास्मिरकै कुप्वाला जिल्लाको तल्लो इलाकामा भारतीय सेनाको कारबाहीमा परी कम्तीमा छ आतङ्ककारीको ज्यान गएको थियो ।

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५१७:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गरिव बालबालिकालाई ललाई फकाई बलात्कार गर्ने ६६ वर्षीय वृद्ध विदेशी नागरिक पक्राउ !