राजेन्द्र महतोले भने – ‘संविधान संसोधन नगरे यो सरकारलाई पाप लाग्छ’

Leaderboard Banner

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले तराई मधेशका माग अनुसार संविधान संसोधन हुने बताएका छन्।

बिहिबार सप्तरी जिल्लाको राजविराजमा आफ्ना पार्टीका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता महतोले भने – यो सरकारले तराई मदेसका माग अनुसार संविधान संसोधन नगरे पाल लाग्ने बताएका छन्। कार्यक्रममा बोल्दै उनले संविधान संसोधनलाई सहयोग होस् भनेर आफूहरुले सरकारलाई समर्थन गरेको पनि बताए। ‘अहिले सम्म इतिहासकै बलियो सरकार छ, यो पटक पनि सविधान संसोधन नभए यो सरकारलाई पाप लाग्छ’, उनले भने।

सरकारले तराई, पहाड र हिमाल  क्षेत्रको भवन समेटेर अगाडी बढ्नु पर्ने समय रहेको भन्दै उनले लामो समय सम्म  चलेको मधेस आन्दोलनलाई पनि महत्वका साथ हेर्नु पर्ने उनको दावी थियो। मधेस आन्दोलनबाट उठेका मागहरुमा सरकारले यथासक्य सम्बोधन गर्नु पर्नेमा पनि जोड दिए।

महतोले सरकारमा जाने विषयमा पार्टीले कुनै निर्णय नगरेको पनि बताए।

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५१६:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

संसदमा उठ्यो कुरा- सम्पति विवरणबारे प्रश्न सोधेकै कारण कार्यक्रम नै बन्द गरिदिन मिल्छ ?