आज हुने विश्वकप २०१८ को उद्घाटन खेल कसले जित्छ ? बिरालोले गर्यो भविष्यवाणी, हेर्नुस् [भिडियो]

Leaderboard Banner

काठमाडौं । आजबाट सुरु हुने फुटबललको महाकुम्भ मेलाविश्वकप २०१८  को उद्घाटन खेल आयोजक राष्ट्र रसियाले जित्ने भविष्यवाणी भएको छ।

आज हुने उद्घटन सत्रको पहिलो खेल  नेपाली समय अनुसार पौने नौं बजे हुनेछ। उक्त खेलमा आयोजक रसियासँग साउदी अरेबियाले खेल्दैछ। सो खेलको भविष्यवाणी यस वर्षको विश्वकपको भविष्यवाणी गर्ने भनिएको बिरालोले गरेको हो। भविष्यवाणी गर्दा विरालोलाई मन पर्ने खान टेबलमा दुई वटा प्लेटमा राखिएको हुन्छ।  जसमा एका तिर रसियाको झन्डा हुन्छ भने अर्को तिर साउदी अरवको।

त्यसपछि विरालोलाई भविष्यवाणी गर्न टेबलमा राखिन्छ। सुरुमा बिरालोले दुवै प्लेटमा हेर्दा तर अन्तत रसिया तर्फको प्लेटमा राखिए खान खान्छ। सन् २०१० को  विश्वकपमा पनि एउटा पल नाम गरेको अक्टोपसले भविष्यवाणी गरेको थियो। उसले भविष्यवाणी गरेका खेलहरु मध्ये ३ वटा खेल बाहेक अरु सबै मिलाएको थियो।

यस्तो छ उसले भविष्यवाणी गरेको नतिजा: 

त्यस यताबाट जनावरको प्रयोग गरेको भविष्यवाणी गर्ने परम्परा चलि आएको छ। यस पटक अधिकारिक रुपमै विश्वकपको भविष्यवाणी गर्न बिरालोलाई छनौट गरिएको छ। यो बिरालोले यसअघि गत वर्षको कन्फेडेरेसन कपमा पनि सहि भविष्यवाणी गरेको थियो ।

अकिलिस नामको विरालो यो विरालो जन्मँदै बहिरो थियो जसका कारण पनि यसले गरेको भविष्यवाणी निकै सहि हुने बताईएको छ।

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५१४:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बिरालोले गर्यो विश्वकपको खेलको भविष्यवाणी: हेर्नुस् आज कसले जित्दैछ ? [ भिडियोसहित ]