भारु तस्करीमा मुछिएका नेपाली कारोबारी खोज्दै ‘रअ’, प्रतिबन्धित नोट कारोबारीको अखडाको रुपमा नेपाललाई बद्नाम गर्दा समेत सरकार मौन

Leaderboard Banner

काठमाडौं । भारतमा प्रतिबन्धित ५०० र १००० का नोटहरु नेपालको बाटो हुँदै पाकिस्तान पुग्ने गरेको भारतीय गुप्तचर संस्थाले आरोप लगाएको छ ।

पाकिस्तानी गुप्तचर संस्था आईएसआईले नेपालबाट खरिद गरेको उक्त प्रतिवन्धित नोट पाकिस्तानको दुई प्रिन्टिङ प्रेसमा पुग्ने गरेको छ ।

भारतीय अनुसन्धान एजेन्सीले आफ्नो प्रतिवेदनमा भनेको छ,‘ नेपालको बाटो हुँदै भारतमा प्रतिवन्धित ५०० र १००० का नोट आईएसआईले नेपालका स्मगलर अर्थात तस्करहरुको सहयोगमा पाकिस्तानका कराँची र पेशावर शहरका रहेका प्रिन्टिङ प्रेसमा पु-याउने गरेको छन् ।’

पुरानो नोटमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ हुबहु नोट बनाउन पाकिस्तानमा उक्त नोटहरु पु-याइएको बताइएको छ । यो खबर यूनाइटेड पोस्ट साप्ताहिक पत्रिकामा प्रकाशित छ।

तर, भारतीय गुप्तचर एजेन्सीको रिपोर्टमा नेपालका ति तस्करहरु को–को हुन् भन्ने बारेमा भने केही खुलाइएको छैन ।

स्रोतका अनुसार भारतीय गुप्तचर संस्था ‘रअ’ले नेपाली कारोबारीहरुको बारेमा भारतीय दूतावासमार्फत सूचना संकलन गरिरहेको छ ।

भारतको एक खुफिया एजेन्सीले बुझाएको प्रतिवेदनका अनुसार पाकिस्तानी जासुसी संस्था आइएसआईले नेपालबाट सस्तो दरमा प्रतिवन्दी ५०० र १००० का भारु नोट खरिद गरेर पाकिस्तान पु-याउने योजना बनाएको उल्लेख छ ।

भारतीय अनुसन्धान एजेन्सीको प्रतिवेदनमा भनिएको छ,‘सन २०१६ मा प्रतिवन्ध लगाइएका ५०० र १०००का भारुका नोट पाकिस्तानले नेपालका स्मगलरहरुबाट गरिद गरेका थिए ।’

पाकिस्तानका दुई शहरमा रहेका उक्त प्रेसमा नक्कली पाकिस्तानी र भारु नोट छाप्ने गरेको भारतीय सञ्चारमाध्यमले आरोप लगाएका छन् ।

यस्तो गतिविधिलाई मध्यनजर गर्दै भारतीय सुरक्षा निकायले प्रतिवन्ध लगाएको भारु नोट नेपाल आउनबाट रोक्न सिमामा सुरक्षा सतर्कता अपनाएको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय जासुसी एजेन्सीले भारतमा प्रतिवन्धित नोटको कारोबार गर्ने अखडाको रुपमा नेपाललाई बद्नाम गर्दा समेत नेपाल सरकार मौन रहेको छ।

प्रकाशित : बिहिबार, जेठ ३१, २०७५०७:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अख्तियारको प्रमुख बन्न राई र पौडेलबीच प्रतिस्पर्धा, आयल निगमको घोटालामा मुछिएका थिए राई