सलमान देखि बबीसम्म : ‘रेस ३’ को लागि कसले कति करोड पारिश्रमिक पाए ?

Leaderboard Banner

काठमाडौँ। यस वर्ष चलचित्र ‘पद्मावत’ पछि सलमान खानको चलचित्र ‘रेस ३’ लाई सबैभन्दा ठुलो चलचित्र मानिएको छ। प्रदर्शनीमा आउनु अघि नै यसलाई ब्लकबस्टर मानिएको छ। भारतीय सञ्चार माध्यमहरुमा १६० करोड भारतीय रुपियाँको ठुलो बजेटमा बनेको फिल्मका लागि कलाकारहरुले कति पारिश्रमिक लिए भन्ने बारे तमाम चर्चा-परिचर्चा भईरहेको छ। प्रशंसकहरू आफ्नो मनपर्ने स्टारहरुले कति पारिश्रमिक लिए भन्ने बारे जान्न उत्सुक देखिन्छ। यही कारण सलमान देखि बबी देओलसम्म पूरा स्टार कास्टका ‘रेस ३’ को लागि मिलेको पारिश्रमिक बारे अफवाहले बलिउड नराम्ररी तातेको छ। यद्यपि आधिकारिक रुपमा निर्माताको माध्यमबाट कुनै पनि जानकारी प्राप्त भएको छैन, तर मानिसहरुले चलचित्रमा काम गरेका कलाकारहरुका पारिश्रमिक बारे अनुमान लगाएका छन्। यी हुन् ‘रेस ३’ का स्टारकास्टका पारिश्रमिक बारे आएका अफवाहहरु…

• सलमान खान

स्वाभाविक रुपमा ‘रेस ३’ मा सलमान खानलाई सबैभन्दा बढी पारिश्रमिक रकम दिइनेछ । यसमा कुनै दुई मत छैन। यद्यपि रकम कसरी र कति हुन् सक्छ, त्यस बारे आधिकारिक खुलासा भएको छैन। केही मिडिया रिपोर्टका अनुसार सलमान आफ्नो पारिश्रमिकको रुपमा ‘रेस ३’ को मुनाफा शेयर गर्दै छन्। उनले फिल्मको बजेटको ३५ प्रतिशत पाउने चर्चा छ।

• अनिल कपूर

सलमान पछि ‘रेस ३’ को तेस्रो बरियतामा छन् अभिनेता अनिल कपूर। यस फिल्मबाट अनिल कपूरले करिब ९ करोड भारतीय रुपियाँ पारिश्रमिक पाउने चर्चा छ। एक अन्तर्वार्तामा सलमानले पारिश्रमिकको बारेमा त खुलासा गरेनन् तर उनले अनिल कपूरले बलिउडमा अमिताभ बच्चनको ठाउँ लिन सक्ने बताए।

• बबी देओल

बबी देओलको लागि भगवान साबित भएका सलमान खानले बबीलाई राम्रो रकम दिलाएका छन्। बबी देओलले ‘रेस ३’ को लागि ७.५ करोड भारतीय रुपियाँ पारिश्रमिक पाएको बारेमा सञ्चार माध्यमहरुका खुबै चर्चा भएको छ।

• ज्याकलिन फर्नान्डिज

सलमानकी फिल्मको मन पर्ने अभिनेत्री भनिने ज्याकलिन फर्नान्डिजको पारिश्रमिक पनि चर्चामा छ। तमाम वेबसाइटहरुका गसिप सेक्सनमा ‘रेस ३’ को लागि ज्याकलिनको पारिश्रमिक ८ करोड भारतीय रुपियाँ भएको उल्लेख गरिएको छ।

• साकिब सलीम

‘रेस ३’ सँग सम्बन्धित नयाँ अनुहार साकिब सलीमलाई पनि १.४ करोड भारतीय रुपियाँ पारिश्रमिक दिईने कुरा प्रकाशमा आएको छ।

• डेजी शाह

सलमान खानको अत्यन्तै निकट मानिने अभिनेत्री डेजी शाह फिल्मको डायलगको कारण ट्रोलको शिकार भएकी थिईन। तर के तपाईलाई छ, यस फिल्मको लागि डेजी शाहको पारिश्रमिक ‘रेस ३’ का महत्वपूर्ण पात्र भन्दा अधिक छ। फिल्मको लागि डेजीलाई ५.२ करोड भारतीय रुपियाँ भन्दा बढी दिने चर्चा छ। ‘रेस ३’ को लागि कुन कलाकारले कति लिए भन्ने बारे अहिले सम्म आधिकारिक जानकारी आईसकेको छैन।

• फ्रेडी दारूवाला

फिल्ममा ‘ग्रे शेड करेक्टर’ मा देखिएका फ्रेडी दारूवालालाई २ करोड रुपियाँ पारिश्रमिक दिईने बताईएको छ।

एजेन्सीको सहयोगमा। 

प्रकाशित : बुधबार, जेठ ३०, २०७५१८:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सलमान खानलाई सुरक्षा थ्रेट: आखिर कोबाट खतरा छ उनलाई ?