सलमान खानलाई सुरक्षा थ्रेट: आखिर कोबाट खतरा छ उनलाई ?

Leaderboard Banner

एजेन्सी – बलिउड स्टार सलमान खानलाई सुरक्षा खतरा रहेको भन्दै भारतीय प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

यतिबेला आफ्नो आगामी चलचित्र रेस – ३ को प्रचार-प्रसारमा रहेका अभिनेता खानलाई ग्याङ्ग स्टारहरुबाट सुरक्षा थ्रेट रहेको भन्दै भारतीय प्रहरीले उनको सुरक्षा व्यवस्थामा थप कडाई गरेको छ।

हालै सार्वजनिक भएको एक रिपोर्टका अनुसार सम्पत नेहरा नामका ग्यांग स्टारका तीन जना सहयोगीले सलमानलाई नोक्सानी पुर्याउने योजना बुनिरहेको खुल्न आएको छ। सो रिपोर्ट बाहिर आए लगत्तै उनीहरुको लोकेशन पत्ता लगाउने काम भैरहेको भए पनि पत्ता भने लाग्न सकेको छैन। मुम्बइ प्रहरीले दिएको जनकारी अनुसार सम्पतका तीन साथीरु अक्षय, अंकित र राजू सार्प शूटर हुन् ।

यसअघि नै पक्राउ परेका गुण्डा सम्पतले सलमान खानलाई मर्ने योजना बुनिरहेको खुल्न आएको थियो।  तर अहिले जेलभित्र रहेर पनि उनले सलमानको हत्या योजना बनाई रहेको हुन सक्ने र उनका सहयोगीहरु बाहिर रहेको कारण सलमानमाथी खतरा  भने अझै रहेको प्रहरीको ठहर छ

प्रकाशित : बुधबार, जेठ ३०, २०७५१८:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी निर्देशक जो प्रेममा जत्तिसुकै असफल भएपनि हिरोइनको भाग्य चम्काउन जुटिरहे!