शान्तिनगर चोकमा बेवारिसे अवस्थामा एक नाबालक शिशु भेटियो !

Leaderboard Banner

काठमाडौँ । कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका ७ को शान्तिनगर चोक नजिकै रहेको पसलको सटर छेउमा एक जना नाबालक शिशु बेवारिसे अवस्थामा फेला परेको छ ।

एक विहानै आफ्नो घरको सटर छेउमा बच्चा फेला परेपछि घरधनी तथा त्यहाँका स्थानीयबासीहरुले बच्चाको बाबुआमा खिज्दा नभेटेपछि प्रहरीलाई खबर गरेका थिए।  प्रहरीले बेवारिसे भेटिएको शिशुलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको छ।

बच्चालाई राति नै सटर छेउमा छाडिएले बच्चाको स्वास्थ्य अस्वस्था बिग्रिएकाले उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

प्रकाशित : बुधबार, जेठ ३०, २०७५१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बजेको सेकुवाका ६ वटा शाखामा छापा मारेर यसरी गरियो शिलबन्दी…