अभिनयको लागि छोडेकी थिईन पढाई, यसरी पाईन सलमान खानको फिल्ममा काम

Leaderboard Banner

काठमाडौँ । भारतीय सिने जगत(बलिउड) की सुन्दर अभिनेत्री दिशा पटानी चाँडै सलमान खानसँग काम गर्दै छिन्। सन् १९९२ जुन १३ मा जन्मिएकी दिशाले आफ्नो करियरको सुरुवात सन् २०१५ मा तेलुगू फिल्मबाट गरेकी थिईन।

दिशा फिल्म उद्योगको लागि आउटसाइडर हुन्। बलिउडमा उनको कोही गडफादर छैनन्। उनी आफ्नै दममा आफ्नो खास पहिचान बनाउन सफल भएकी हुन्। गत महिना रिलिज भएको उनको फिल्म ‘बागी २’ ले कमाईको सबै रेकर्डहरु तोडेर १६५ करोडको कमाई गरेको थियो।

दिशाले बलिउडमा पहिचान आफ्नो डेब्यु फिल्मबाट पाएकी थिईन। ‘एम.एस धोनी : द अनटोल्ड स्टोरी’ मा दिशाको भूमिका थोरै भए पनि दर्शकहरुले उनलाई मन पराएका थिए।

दिशाले एक अन्तर्वार्तामा बताएकी थिईन कि उनले आफ्नो अभिनयको सपना साकार पार्नको लागि पढाई बीचैमा छोडेकी थिईन। उनले भनिन् – ‘मैले आफ्नो पढाई छोडे र मुम्बई गए। कलेज गर्लको लागि नयाँ शहरमा आउन सजिलो थिएन। म एक्लै बस्थे, काम गर्थे। मैले कहिल्यै पनि परिवारसँग पैसा मागिन्।’

उनले भनिन्, एक समय पछि म सँग पैसा थिएँ। म धेरै अडिसनको लागि जाने गर्थे । बढी जस्तो टिभी विज्ञापनहरूको लागि। यस महिनाको घरभाँडा कसरी तिर्ने भनेर म सधैँ जसो घोत्लिरहन्थे।

दिशाले केवल तीन वर्षको छोटो करियरमा नै आफ्नो छुट्टै पहिचान पाईसकेकी छिन्। सुशान्त सिंह राजपूत, टाइगर श्रफ पछि अब सलमान खानसँग दिशा काम गर्दै छिन्। दिशाले ज्याक्की चानसँग पनि फिल्म ‘कुंग फू योगा’ मा काम गरिसकेकी छिन्।

दिशा आफ्नो फिटनेसको कारण सामाजिक सञ्जालमा लोकप्रिय छिन्। उनको फिटनेस भिडियो फ्यानहरुले निकै मन पराएका छन्।

•••

•••

एजेन्सी

प्रकाशित : बुधबार, जेठ ३०, २०७५१५:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सलमान देखि बबीसम्म : ‘रेस ३’ को लागि कसले कति करोड पारिश्रमिक पाए ?