बाजेको सेकुवामा सुन काण्ड छानबिन समितिको छापा: पसल शिल गरिँदै…

Leaderboard Banner

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणको छानबिन समितिले काठमाडौँस्थित बजेको सेकुवामा छापा मारेको छ। गृह मन्त्रालयका सह- सचिव ईश्वर पौडेलको नेतृत्वको टोलीले छापा मारेको हो ।

सुन तस्करीका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोर’ का मामा पर्ने बजेको  सेकुवाका मालिक चेतन भण्डारीको काठमाडौं बत्तिसपुतली र सोह्रखुट्टे शाखामा बुधबार समितिले छापा मरेको छ।

३३ किलो सुन तस्करी प्रकरणमा मुसीएका उनको पसलमा सुन तस्करीसँग सम्बन्धित कागजात या कुनै प्रमाण फेला पर्ने आशंकामा समितिले छापा मारेको हो ।

छापा मारेपछि पसल शिल गरिने समितिका एक सदस्यले बताए । गृह मन्त्रालयको छानबिन समितिका अनुसार गोरेका मामा नाता पर्ने चेतन पनि सुन तस्करीमा संलग्न थिए । समितिका अनुसार चेतनले सुनमा लगानी गर्ने तथा तस्करी गरेर ल्याएको सुन व्यवस्थापन गर्ने काम गर्दथे ।

सुन तस्करी र तस्करीसँग जोडिएर हत्या गरिएका सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाइएका भण्डारी अहिले सम्म फरार रहेका छन्  ।

प्रकाशित : बुधबार, जेठ ३०, २०७५१५:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रधानमन्त्री ओलीको चीन भ्रमण आगामी मंगलबार ! भ्रमणमा जानुको कारण यस्तो रहेको छ !