रेस्टुरेन्टमा ग्राहकलाई तयार पारिने सूपमा सौच गर्दै गरेको भिडियो सार्वजनिक ! (सिसिटिभी फुटेज सहित)

Leaderboard Banner

चीनको दक्षिणी हनान प्रान्त स्थिति डोंगबेई नूड सपको एक अचम्म लाग्ने घटना सार्वजनिक भएको छ। रेस्टुरेन्टमा तयार पारिदै गरेको बीफ सूपमा सौच मिसाउदै गरेको भिडियो सार्वजनिक भएको हो। मिडिया रिपोर्ट अनुसार उनि नजिकैको होटेलका मालिक समेत भएको खुल्न आएको छ। व्यक्तिगत दुस्मनिका कारण उनले यस्तो हर्कत गरेको समेत खुल्न आएको छ।

संघाईस्टले तयार पारेको रिपोर्ट अनुसार बीफ स्टकबाट अजिव गन्ध आएको थियो। जसका कारण उक्त रेस्टुरेन्टको मालिकले सम्पूर्ण आफ्नो कामदारलाई केरकार गर्दा पनि तथ्य खुल्न सकेको थिएन। लगभग यस्तै अजिव गन्ध आउने तर के भएको हो भन्ने पत्ता नलागेपछि त्यस होटलका मालिकले सिसिटिभी क्यामेरा जडान गरेका थिए। उक्त स्टोर रुममा सिसिटिभी क्यामेरा भएको कारण यस घटनाको अनुसन्धान गर्नको लागि धेरै सजिलो भएको हो।

सिसिटिभी फुटेजमा एक व्यक्ति स्टोर रुममा छिरेर बीफ राखिएको भाडोमा मुत्र राखेको देख्न सकिन्छ। आरोपी व्याक्तिले ढक्कन हटाएर मलमुत्र मिसाई रहेको देख्न सकिन्छ। साथै उक्त व्यक्तिले थाही कोठामानै मुत्रविसर्जन गरिरहेको समेत भिडियोमा प्रष्ठ देखिन्छ। करीब ३७ सेकेन्डको भिडियो भाइरल भएसँगै अहिले आरोपी प्रहरी हिरासतमा समेत पुगेका छन्। प्रहरु अनुसन्धान अनुसार आरोपीले आफ्नो भन्दा धेरै अरुको होटेल चलेको देख्न नसकेर उक्त कदम चलेको समेत बताएका छन्।

हेर्नुहोस् भाडियो

प्रकाशित : बुधबार, जेठ ३०, २०७५१६:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सामाजिक सञ्जाल फोटो सेयर गर्दै हुनुन्छ ? होस् पुर्याउनु होला नत्र पर्न सक्छ यस्तो संकट !