सञ्चारमन्त्रीको यो कस्तो राणा शासन हो ? कडा प्रश्न सोधेको भन्दै ठाडो निर्देशनमा कार्यक्रमनै बन्द गरिदिने..

Leaderboard Banner

काठमाडौँ । नेपाल टेलिभिजनबाट सञ्चालन हुने कार्यक्रम ‘सिधा प्रश्न ?’ सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटा निर्देशनमा बन्द छ । केहि दिन पहिले सञ्चारमन्त्री बास्कोटालाई उक्त कार्यक्रममा अन्तर्वाताको लागि बोलाइएको र कार्यक्रममा प्रस्तोताले निकै कडा प्रश्न गरेपछि मन्त्री ज्यूले रिसको झोकमा आफ्नो पावर देखाएका हुन्।

बिगत १२ वर्षदेखि शनिबार राती ८:४५ मा प्रशारण हुँदै आएको कार्यक्रम यतिबेला मन्त्रीकै ठाडो आदेशमा बन्द भएको छ। गत शनिबारको कार्यकममा मन्त्री बास्कोटालाई कार्यक्रमका सञ्चालक राजु थापाले लाईभ अन्तर्वार्तामा मन्त्री बास्कोटाले सार्वजनिक गरेको सम्पति विवरणबारे प्रश्न गर्दा मन्त्रीले झूठ जवाफ दिएका थिए। जुन कुरा मन्त्री बास्कोटाले सार्वजनिक गरेको सम्पति विवरणसँग मेल नखाएपछि प्रस्तोला थापाले बास्कोटाले सार्वजनिक गरेको सम्पति विवरण नै लाइभ देखाई दिएपछि उनी झोक्किएका थिए। जुन कुराको यतिबेला सामाजिक संजालमा विरोध भैरहेको छ। यतिबेला सामाजिक सञ्जालहरुमा सञ्चारमन्त्रीको यस्तो कदमले  गर्दा कतै सरकार सञ्चार मध्यममाथी अङ्कुस लगाएर जनताको सूचनाको हकलाई कुण्ठित गर्ने बाटो तर्फ त अग्रसर हुँदै छैन भने प्रश्नहरु उठ्न थालेका छन्।

हुन त कार्यक्रममा प्रस्तोता थापा पनि निकै कडा रुपले प्रस्तुत भएका थिए। यद्यपि, तथ्य र बास्तविकताको धरातलमा टेकेको भने प्रष्टसँग कार्यक्रम हेर्दा थाहा हुन्छ।  उनले पछिल्लो नेकपा सरकारका मन्त्रीहरुको सम्पति विवरणलाई आधार बनाएर कम्युनिष्ट नेताहरुको श्रीमतीको दाइजोमा सम्पति देखिएको भनी प्रश्न गर्दा मन्त्री बास्कोटाले यो आफ्नो निजी मामला भएको र मुख्य कुरा सम्पति देखायो की देखाएन भन्ने नै भएको भन्दै आफ्नो बचाऊ गरेका थिए।

मन्त्रीको ठाडो आदेशमा कार्यक्रम बन्द भएपछि कार्यक्रमका प्रस्तोता राजु थापाले सामाजिक संजालमा फेसबुकमा एउटा लामो स्टाटस लेख्दै मन्त्री बास्कोटाको यो कदमको बिरोध गरेका छन्। यता नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोकाले भने उक्त कार्यक्रम बन्द हुनुमा गोकुल बास्कोटाको कुनै हात नरहेको भन्दै मन्त्री ज्यूको बचाउ गरेका छन्।

थापा लेख्छन् – ‘देशका जनताको सुचनाको सम्बैधानिक हक प्रत्याभुत गराउने, स्वतन्त्र प्रेसलाई प्रबर्द्धन गर्ने महत्वपुर्ण जिम्मेवारीमा रहेका सरकारका प्रबक्ताको यो कदमले के यो सरकार स्वतन्त्र प्रेस गतिबिधिको विपक्षमा छ? सत्तालाई जवाफदेही बनाउने पत्रकार र सन्चार माध्यम नियन्त्रण गर्न चाहन्छ ? त्यस्तो कदम लोकतान्त्रिक हुनसक्छ ? सत्ताको भुत र मातले गरिने यस्ता गतिबिधिले सरकारको “सम्ब्रिध्द् नेपाल सुखी नेपाली” नारा हात्तिको देखाउने दांत मात्रै त हुँदैन ? भन्ने प्रश्न उठेको छ ।’

उनले लेखेका छन्, ‘अन्तर्वार्ताको दिनमा भित्र र बाहिर समेत मन्त्री बास्कोटाको शैली कुनै श्री ३ महाराजको भन्दा कम महशुस भएन । मैले यति धेरै दबाब बोध् गत १२ बर्षमा सायदै गरें होला । मन्त्रिले टेलिभिजनका पत्रकार र कर्मचारीलाई हाता भित्र पसे देखि नै नमस्कार नफर्काउने, हप्काउने, दप्काउने गरेको देखेर म सहस्र पासले बाँधिए झै भएर अन्तर्वार्ता लिन बसेको थिए । अन्तर्वार्ता दिंदा र अघि पछिको ब्यबहारले यस्तो लाग्थ्यो कि मन्त्रि हामीलाई आफ्नो रैति ठान्छन् ।’

उनले अगाडी लेखेका छन्,’सभ्य लोकतान्त्रिक अभ्यास र सचेत जनता हुने देशमा मन्त्रिले बोलेको सफेद झुट् र गरेको गलत कार्य वापत मन्त्रि पद गुमाउनु पर्थ्यो होला तर हाम्रो देशमा उल्टै शासकको कोपभाजनमा पर्नुपर्छ । जनताको सुचनाको हक र प्रेस स्वतन्त्रताका बिरुद्ध् चालिने यस्ता अधिनायकबादी कदमको सम्बद्ध् सबै पक्षबाट उचित मुल्यांकन र प्रतिक्रिया हुनेनै छ । १२ बर्ष वर्षसम्म टेलिभिजन कर्म गर्दा मैले जनता र देशलाई केन्द्रमा राखेर कर्तब्य निर्वहन गर्ने कोशिस गरे । टेलिभिजन पत्रकारिता गर्ने क्रममा मलाई माया, साथ, सहयोग, सद्भाव दिने र आलोचना गर्ने सबैलाई हार्दिक आभार प्रकट गर्दछु। नमस्कार ।’

उक्त कार्यक्रममा मन्त्री बास्कोटा र प्रस्तोता थापाबीच भएको शाब्दिक घम्साघम्सी यसप्रकार रहेको  छ:

मन्त्री बाँस्कोटासंगको कार्यक्रममा भएको चाहिँ आखिर के थियो ?

मन्त्री – कम्युनिस्टको हुँदा चाहिँ के हुनुपर्ने तपाई बताइदिनु त मलाई।
सञ्चालक – तपाईहरु त दाइजो विरोधी.. समाजको…।
मन्त्री – दाइजो भनेर क–कसले राख्या छ ?
सञ्चालक – दाइजो भनेर नभने पनि श्रीमतीको विवाहमा आएको भनेर त तपाईले राख्नुभा छ।
मन्त्री – श्रीमतीको विवाहमा आएको रे ?
सञ्चालक – विवाहमा माइती पक्षले दिएको भनेर त तपाईँले राख्नुभा छ।
मन्त्री – कति राख्या छु ?
सञ्चालक – तपाईँले १७ तोला त सुन राख्नुभा छ। ६० तोला चाँदी राख्नु भाछ।
मन्त्री – हो तर श्रीमतीको विवाहमा आएको भनेर मैले राख्या छैन।
सञ्चालक – माइतीबाट
मन्त्री – छैन। तपाई झुट बोल्दै हुनुहुन्छ।
सञ्चालक – म तपाईँलाई देखाइदिउँ ?
मन्त्री – मसित झुट बोल्नुपर्दैन। चार पाँच तोला श्रीमतीबाट आए होला। हो ? १७ तोला
सञ्चालक – मसँग तपाईँको सम्पति विवरण छ सर ।
मन्त्री – ठीक छ, ल्याउनुस्। दुनियाँलाई देखाउन राखेको हो।
सञ्चालक – तपाईँको सम्पति विवरणमा… ।
मन्त्री – ठीक छ, राख्नुस्।
सञ्चालक – १७ तोला सुन
मन्त्री – हो।
सञ्चालक – र ६० तोला चाँदी चाहिँ
मन्त्री – हो।
सञ्चालक – विवाहमा दिएको माइतीले भनेर लेख्नुभा छ।
मन्त्री – हो।
सञ्चालक –अघि हैन भन्नुभो।
मन्त्री – हो दिएको हो। तर सबै दिएको हैन।
भिडियो हेर्नुस्:

प्रकाशित : बुधबार, जेठ ३०, २०७५१५:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रचण्डले माओबादी केन्द्र परित्याग गरे: अध्यक्ष किराँतीद्वारा जारी विज्ञप्ति सहित