साडी छाडेर बिकिनीमा देखिईन यस ‘अंगूरी भाभी’, बोल्ड फोटोले मच्चाईन तहल्का

Leaderboard Banner

काठमाडौँ। भारतीय धारावाहिक ‘भाभी जी घर पर है’ मन पराउने मानिसहरु अहिले पनि लाखौँको संख्यामा छन्। हरेक मानिसहरु यस धारावाहिकको एक-एक चरित्रका भूमिकाहरुबाट कायल छन्। ‘सही पकडे है’ थेगोबाट चर्चित बनेकी शुभांगी अत्रे(अंगूरी भाभी)को आज लाखौँ-करौडौं दीवाना छन्। टेलिभिजनमा भारतीय संस्कृति, रितिरिवाजमा देखिने भाउजु(भाभी जी) वास्तविक जीवनमा कस्ती होलिन् त। आज हामी तपाईलाई देखाउन गईरहेका छौं उनको अफ स्क्रिनको अहिलेसम्मकै सबैभन्दा हट र बोल्ड फोटो।

अहिले शुभांगी अत्रे मुम्बई देखि टाढा थाईल्याण्डमा फुर्सतको पलको मज्जा लुटिरहेकी छिन्। थाईल्याण्डमा मस्ती गरिरहेकी शुभांगी अत्रेको एक हट फोटो सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ। फोटोमा उनले स्विमसुट लगाएकी छिन्। उक्त स्विमसुटमा उनको हट र बोल्ड अवतारलाई फ्यानहरुले निकै मन पराएका छन्।

अभिनेत्री शुभांगी अत्रेले आफ्नो यस बोल्ड फोटो स्वयमले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा शेयर गरेकी हुन्। केबल यति मात्र नभई उनले आफ्नो यो फोटो शेयर गर्दै ट्वीटमा लेखेकी छिन् – ‘उनी हरेक दिन आत्मविश्वासले स्वयमलाई तयार गर्छिन् र अरु कसैको असुरक्षाले लगाउँन इन्कार गर्छिन्। कालो, सेतो र गुलाबी रङको स्विमसुटमा उनी धेरै नै सुन्दर र हट देखिएकी छिन्।’

एण्ड टिभीमा प्रसारित हुने सबैभन्दा लोकप्रिय सिरियल ‘भाभी जी घर पर है’ लामो समय देखि दर्शकको पहिलो रोजाईमा पर्दै आएको छ। यस सिरियलमा शुभांगी अत्रे भन्दा अग्झी बिग बोस ११ की विजेता शिल्पा शिन्देले ‘अंगूरी भाभी’ को चरित्रमा भूमिका निभाएकी थिईन। तर विवादको कारण उनले यस शो छाडेकी थिईन। जस पछि शुभांगी अत्रेले ‘अंगूरी भाभी’ को रोल पाईन। उनले पनि ‘अंगूरी भाभी’ को रोल राम्रोसँग निभाईन र धेरै दर्शकहरुका दिल जित्न सफल भएकी छिन्।

त्यस्तै ‘भाभी जी घर पर है’ बाहेक शुभांगी अत्रेले अरु थुप्रै सिरियलबाट दर्शकलाई आफ्नो अभिनयको दीवाना बनाएका छन्। उनी ‘कसौटी जिन्दगी के’, ‘कस्तूरी’, ‘दो हंसों का जोडा’, ‘चिडियाघर’ र ‘अधूरी कहानी हमारी’ जस्ता सिरियलहरुमा पनि देखिसकेकी छिन्।

•••

•••

•••

•••

एजेन्सीको सहयोगमा। 

प्रकाशित : बुधबार, जेठ ३०, २०७५१३:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ऋतिक रोशन र अक्षय कुमारको फिल्म बीच हुदैछ ठुलो महासंग्राम!