टिपरले स्कूटरलाई ठक्कर दिँदा जडिबुटीमा भयानक दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान् घाइते [ हेर्नुस् ११ तस्विरहरु. ]

Leaderboard Banner

काठमाडौँ । राजधानी काठमाडौँको जडिबुटीमा टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कूटरमा सवार एक जना जना महिलाको ज्यान गएको छ भने एक जना पुरुष  गम्भीर घाईते भएका छन्।

दुर्घटनामा मृत्यु हुने काभ्रेकी अस्मिता भण्डारी रहेकी छन् भने घाईते हुने स्कूटर चालक आषिश जोशी रहेका छन्।  घाईते जोशीको ललितपुरको ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालमा उपचार  भईरहेको छ। उनीहरु श्रीमान श्रीमती  रहेको खुल्न आएको छ।

बुधबार करिव साढे  १२ बजेतिर जडिबुटीबाट कोटेश्वर तर्फ आइरहेको बा ४ ख ३५५८ नम्बरको टिपरले बा ७० प ९३९९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटरमा सवार भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटनापछि आक्रोशित  स्थानीयवासीले टिपर जलाई दिएका छन्। टिपरमा लगाइएको आगो काठमाडौंबाट गएको २ वटा दमकलले नियन्त्रणमा लिएका छन् ।

तस्विर – सरोज दाहाल, बिगुल न्यूज 

प्रकाशित : बुधबार, जेठ ३०, २०७५१३:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सञ्चारमन्त्रीको यो कस्तो राणा शासन हो ? कडा प्रश्न सोधेको भन्दै ठाडो निर्देशनमा कार्यक्रमनै बन्द गरिदिने..