ऋतिक रोशन र अक्षय कुमारको फिल्म बीच हुदैछ ठुलो महासंग्राम!

Leaderboard Banner

एजेन्सी, बक्स अफिसमा अधिकांश दुई स्टोरीको फिल्महरुबीच टक्कर भएको देख्न सकिन्छ। तपाईले पनि देख्नु भएको होला अधिकांश बक्स अफिसमा फिल्महरु बीच महासंग्राम हुने गर्छ । बलिउडमा फिल्म क्षेत्रमा पनि यस्तै भैरहेको छ।  अब बलिउडका चर्चित अभिनेता ऋतिक रोशन,  अक्षय कुमार र रजनीकांतबीच टक्कर चल्दैछ।

खबरअनुसार  अक्षय, रजनीकांतको  2.0 र ऋतिक रोशन की सुपर 30 बीच भिडन्त हुदैछ। बक्स-अफिसमा हुने फिल्महरु बिचको भिडन्त कुनै नौलो कुरा भने होइन।   तर जब यो भिडन्त ठुला स्टारहरुको फिल्म बीच हुन्छ तब यो जुनसुकै मानिसलाई  पनि ठुलो भिडन्त लाग्छ।

अक्षय-रजनीकांत स्टारर 2.0 र ऋतिकको सुपर 30 बक्सबीच ठुलो भिडन्त हुन् सक्छ। धेरै दिनदेखि साउथ फिल्म मेकर शंकरको  फिल्म 2.0 को रिलिज डेटलाई लिएर फरक-फरक खबर आइरहेको छ। फिल्मको पोस्ट प्रोडक्सन काम बाकी भएको कारण रिलिज डेट सरिरहेको छ। हालै 2.0 २०१९ सालको रिपब्लिक-डेमा रिलिज गरिने खबर भारतीय संचार माध्यममा छापिएको छ। त्यस्तै  ऋतिक रोशनको फिल्म ‘सुपर 30’ पनि २०१९ नै रिलिज हुनेछ। यी दुई चलचित्र बीच भिडन्त हुन्छ या हुदैन त्यो भने पछि नै थाहा हुनेछ।

प्रकाशित : बुधबार, जेठ ३०, २०७५१३:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अभिनयको लागि छोडेकी थिईन पढाई, यसरी पाईन सलमान खानको फिल्ममा काम