काठमाडौँको जडिबुटीमा टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु: स्थिति तनावग्रस्त

Leaderboard Banner

काठमाडौँ । राजधानी काठमाडौँको जडिबुटीमा टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कूटरमा सवार एक जना जना महिलाको ज्यान गएको छ भने एक जना पुरुष  गम्भीर घाईते भएका छन्।

दुर्घटनामा मृत्यु हुने काभ्रेकी अस्मिता भण्डारी रहेकी छन् भने घाईते हुने स्कूटर चालक आषिश जोशी रहेका छन्।  घाईते जोशीको ललितपुरको ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालमा उपचार  भईरहेको छ। उनीहरु श्रीमान श्रीमती  रहेको खुल्न आएको छ।

बुधबार करिव साढे  १२ बजेतिर जडिबुटीबाट कोटेश्वर तर्फ आइरहेको बा ४ ख ३५५८ नम्बरको टिपरले बा ७० प ९३९९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटरमा सवार भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटनापछि आक्रोशित  स्थानीयवासीले टिपर चलाई दिएका छन्। टिपरमा लगाइएको आगो काठमाडौंबाट गएको २ वटा दमकलले नियन्त्रणमा लिएका छन् ।

यो दुर्घटनापछि कोटेश्वर, लोकन्थली र पेप्सीकोला लगायतका क्षेत्रको सवारी आवागमन बन्द भएको छ।

प्रकाशित : बुधबार, जेठ ३०, २०७५१२:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

टिपरले स्कूटरलाई ठक्कर दिँदा जडिबुटीमा भयानक दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान् घाइते [ हेर्नुस् ११ तस्विरहरु. ]