रहेनन्, दोस्रो विश्वयुद्ध समेत लडेका योद्धा, वरिष्ठ कलाकार भीमबहादुर थापा !

Leaderboard Banner

काठमाडौं। वरिष्ठ कलाकार भीम बहादुर थापाको बुधबार  निधन भएको छ। बुधबार बिहान करिव दुई बजेतिर उनको निधन  भएको हो।

९२ वर्षको उमेरमा मृत्युवरण गर्ने कलाकार थापा लामो समयदेखि छाती र फोक्सोलकाे संक्रमणबाट ग्रसित रहेका  थिए। उनको पार्थिव शरीरलाई बुधबार अन्तिम श्रद्धाञ्जलीको लागि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म पशुपतिमा आर्यघाटमा राखिने भएको छ।

विभिन्न भूमिकाम टेलीसिरियल देखि फिल्म सम्म काम गरिसकेका कलाकार  थपा सबै भूमिकामा उत्तिकै पोख्त कलाकार थिए। उनले तितो सत्य, लगायतका टेलीसिरियल र झण्डै एक सयवटा चलचित्र अभिनय गरिसकेका छन्।

कलाकार थापाको जन्म वि.सं. १९८३ असार १३ गते खोटाङ जिल्लामा भएको थियो। ब्रिटिश आर्मीमा समेत आवद्ध रहेर काम गरिसकेका थापा  दोस्रो विश्वयुद्धमा लडेका एउटा योद्धा पनि हुन् ।

प्रकाशित : बुधबार, जेठ ३०, २०७५११:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बाजेको सेकुवामा सुन काण्ड छानबिन समितिको छापा: पसल शिल गरिँदै…